अल्पायुमै जापानमा ज्यान गुमाए विद्यार्थी भिषामा आएका धादिङका सुदीप आचार्यले

-


     जनहित न्युज    
     असार २७ गते २०८०


जापानमा अध्ययनका लागि आएका नेपालको धादिङ जिल्ला थार्के गाउपालिका वार्ड नम्बर ९ का सुदीप आचार्य खोलामा मृत अवस्थामा फेला परेका छन ।
रिचिनोमोरी जापानिज ल्याङवेज स्कुल, योगोकु सुमिदा कु टोकियोमा भाषा विद्यार्थीको रुपमा करिब एक वर्षअघि मात्र जापान आएका २३ वर्षीय आचार्यलाई स्थानीय खोलामा मृत फेला परेका हुन ।
टोकियोको सुमिदा कुमा बस्दै आएका आचार्य सोमबार राती ११ बजे साथीहरुलाई एकैछिन बाहिर निस्कन्छु भनेर कोठाबाट बाहिर निस्किएका थिए । तर उनी मंगलबार बिहानसम्म नफर्केपछि खोजी गर्दा नजिकैको खोलामा तैरिएको अवस्थामा मृत भेटिएको बताइएको छ ।
हाल मृतक आचार्यको शव पोष्टमार्टमका लागि प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट पछि मात्र जानकारीहुने प्रहरीको भनाई छ । शवको बारेमा जापानमै अध्ययनरत मृतकका भाइको डिएनए परीक्षणपछि प्रहरीले बुधवार शवको पोष्टमार्टम रिपोर्ट आउन केही दिनलाग्ने जानकारी दिएको हो ।
परिवारसंगको सल्लाहमा स्वर्गीय सुदिपको जापानमै अन्त्येष्टी गरिने तय भएको र त्यसका लागि आवश्यक आर्थिक सहयोग संकलनका लागि धादिङ समाज जापानले जापानमा क्रियाशिल सम्पूर्ण सामाजिक संघसंस्थाहरु समक्ष औपचारिक रुपमा सहयोग अपिल पनि गरेको छ । यस दुखद घडीमा, स्वैच्छिक रुपमा समाजको खातामा आर्थिक साहयता रकम जम्मा गरेर सहयोग गरिदिन अनुरोध गरेको छ।
धादिङ समाज जापान बैंक खाता नम्बर (jp post bank 10060 -49949891 ) रकम जम्मा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?