एनआरएनएलाई विश्वसनीय साथी बनाउने अभियानका लागि एनआरएनए जापानको सचिव पदमा दिलिप कंडेलको उम्मेद्बारी

-


     जनहित न्युज    
     असार ३० गते २०८०


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा दिलिप कंडेलले उम्मेद्बारी घोषणा गरेका छन ।
एनआरएनए जापानको गरिमालाई उचाइमा पुर्याउनका लागि जापानमा स्थापित संघ-संस्थासंग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं नीति तथा विधि सम्वत् संस्थाको संचालनका लागि आफूले सामाजिक संजालमार्फत सचिव पदमा उम्मेद्वारी दिएको कंडेलले बताएका हुन ।
‘एनआरएनएलाई विश्वसनीय साथी बनाउने अभियानमामा यस कार्यकालमा सदस्य पदमा रहेर मैले सकेको जिम्मेवारी निर्वाह गरे ।’ एनआरएनए जापानको आगामी कार्यकालका लागि सचिव पदका प्रत्यासी कंडेलले भने- अब सचिव पदमा रहेर एनआरएनएमार्फत समाजमा भाइचारा, सामाजिक सद्भावसंगै एकता कायम हुने गरि संस्थालाई संस्थागत गर्न मेरो उम्मेद्बारी हो ।
सरल स्वभाव र समाज सेवामा सक्रिय कंडेलप्रति जापानबासी एनआरएनएका मतदाता र विभिन्न संघसंस्थाका अभियन्ताहरुले समेत आफ्नो साथ र सहयोग रहने बताएपछि उनी उत्साहित भएर चुनावी मैदानमा आएको बताए ।

कयौं सामाजिक काममा सक्रिय कंडेलले जापानस्थित समस्त नेपाली समुदाय, अग्रजहरु, एनआरएन अभियन्ता र शुभचिन्तकलाई आपसी एकता र सद्भावको वातावरण बनाउन पनि अपिल गर्दै निर्बाचनपछि पाएको जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।एनआरएनएप्रति आकर्षण कमि भैरहेको बेला युवा संलग्नता र उनीहरुको भिजनले मात्र संस्थागत सुधार हुन सक्ने उनले बताउ छन।
बागलुङ गल्कोटको माटोमा हुर्किएका उनी गलकोट समाज जापानको प्रवक्तामा रहेर समेत काम गरिरहेका छन ।’कोरोना महामारीको समयमा संभवत गलकोटमै पहिलो पटक साविकको नरेठांटी गाविस लक्षित गरि राहत र उद्धार कोषको स्थापना र संचालन गर्नमा मैले अग्रणीको भूमिका निर्वाह खेलेको छु ।’ कंडेलले बताए ।

सामाजिक सन्जालमार्फत उम्मेद्बारी घोषणा गरेको विषयवस्तु जस्ताको तस्तै 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?