प्रवास

अर्घाखाँची समाज जापानले  पाठेघरको क्यान्सरबाट पिडित बिमलालाई २ लाख बढि सहयोग रकम हस्तान्तरण

अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ३ फ्रसवा निवासी पाठेघरको क्यान्सर रोगबाट पिडित २९ वर्षीय विमला गौतमको औषधी उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।समाजका कोषाध्यक्ष टोप बहादुर घर्तीमगरको संयोजकत्व र दिल प्रसाद श्रेष्ठको सह-संयोजकत्वमा संचालित अभियानबाट संकलित २ लाख ४ हजार ५५ येन रकम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव विनोद गैर मार्फत विमला गौतमलाई घर मै पुगेर हस्तान्तरण गरिएको हो । समाजले आफ्नो स्थापानाकाल देखि नै जिल्लामा समस्या परेकाहरूलाई विभिन्न अभियानको संचालन गरि सहयोग गर्दै आइरहेको… पुरा पढौ

बागलुङका कमलबहादुर कार्की जापानको ओसाका सरकारद्वारा सम्मानित

जापानको ओसाकाका गभर्नर यासीमुरा हिरोखुमीद्वारा कोभिड-१९ कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीको लागि प्रोत्साहन भत्ता र स्वास्थ्य सामग्री संकलनको अभियानमा आर्थिक तथा जिन्सी सहयोग गरेबापत बागलुङका कमलबहादुर कार्कीलाई त्यहाको सरकारले सम्मान गरेको छ ।गत वर्षदेखि कोरोना महामारीका बिरामीको उपचारमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन स्वरूप थप आर्थिक सहायता प्रदानका लागि गभर्नर यासिमुराद्वारा संचालन गरिएको आर्थिक संकलन र स्वास्थ्यकर्मीका लागि आवश्यक कोट संकलन अभियानमा कार्कीले आर्थिक तथा जिन्सी सामग्री प्रदान गरेबापत गभर्नरले सम्मानपत्रद्वारा सम्मानित गरेका हुन ।व्यावसायी कार्कीले गतवर्षदेखि नै ओसाकाको सरकारले संचालन गरेको अभियानमा… पुरा पढौ

परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले एनआरएनए निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग 

काठमाडौँ (जीएनएन) - गैर आवासीय नेपाली संघका तीन जना अभियन्ताहरुले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन् । पूर्व केन्द्रीय सचिव जानकी गुरुङ, मानार्थ आइसीसी सदस्य शनि कुमार ओली तथा राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका सल्लाहकार बेद खरेलले संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एक पत्र पठाउंदै त्यस्तो माग गरेका हुन्। "एमआइएस प्रणालीद्वारा निर्वाचन गरिएका देशहरु जापान, बेल्जियममा व्यापक विवाद उत्पन्न भएको हुनाले संघले… पुरा पढौ

गैरआवासीय नेपाली संघको इतिहासमा गोल्डेन एजको योजना सहित महासचिवका उम्मेद्वार डा पौडेल

अमेरिका बस्दै आएका चिकित्सक डा केशव पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२१-२०२३ कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यको टिमसँग महासचिवको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। डा पौडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१३-२०१५ को लागि सल्लाहकार थिए। २०१५ देखि २०१९ सम्म २ कार्यकाल उनले निर्वाचित अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए। २०१९-२०२१ को लागि उनि प्रमुख संरक्षक थिए भने अहिले अन्तराष्ट्रिय महासचिवको लागि प्रत्यासी रहेका छन्। उनको पालामा एनसीसी अमेरिका धेरै पंजीकृत सदस्य बनेर संसारको… पुरा पढौ

वैदेशिक रोजगार कल्याणकारी कोषलाई वैदेशिक रोजगारमा रहेका कामदारको हितमा कार्यान्वयन गर्न नीतिगत पहलका लागि माओवादी अध्यक्ष प्रचण्डलाई नेपाली जनप्रगतिशील मंच जापानको आग्रह

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अन्तरगत रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई विदेशमा रहेका नेपाली आप्रबासीको अधिकतम हितमा उपयोग गर्नका लागि उपयुक्त नीति बनाएर कार्यान्वयन गराउन आवश्यक पहलका लागि नेपाली जनप्रगतिशील मंच जापानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।मंचका अध्यक्ष भवानी पन्तले प्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर लाखौको संख्यामा बिदेशमा रहेका नेपालीहरूमध्य कतिपयको मृत्यु हुने, गम्भिर प्रकृतिका स्वास्थ्य समस्यामा पर्ने, दुर्घटनामा पर्ने दलालहरूबाट ठगीमा पर्ने लगायतका समस्यामा पारेकालाई प्राथमिकतामा राखेर वैदेशिक रोजगार कल्याणकारी कोषको व्यवस्थित कार्यान्वयनमा… पुरा पढौ

एनआरएनद्वारा उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने  

काठमाडौँ (जीएनएन) - गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ। यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो। प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिको मंगलबार बसेको बैठकमा संयोजक घलेले अहिले सम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनले डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न… पुरा पढौ

गलकोट समाज जापानले आगामी महिनाको पहिलो हप्ता जापानका विभिन्न शहरमा रक्तदान कार्यक्रम गर्ने

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा आगामी महिना रक्तदान कार्यक्रम गर्ने भएको छ ।आफ़नो जन्मभूमि नेपालमा शिक्षा स्वास्थ्य मानवीय सहयोगमा आर्थिक सहायता प्रदान गर्दै आएको गलकोट समाजले कर्मभूमि जापानका टोकियो, नागोया, ओसाका लगायतका शहरमा फेब्रुवरी १० तारिक भित्रमारक्तदान कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समितिहरूको स्थानीय ब्यवस्थापनमा सो रक्तदान कार्यक्रम गरिने महासचिव… पुरा पढौ

खरूवा समाज जापानको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा गगन खत्री (झकास )

बागलुङ जिल्ला गल्कोटको नगरपालिका ४ खरुवाबाट जापानमा आइ विभिन्न पेशा व्यवसाय अध्ययनमा संलग्न हरूको तेस्रो अधिवेशनले गगन खत्री झकासलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । सुन्दर खरूवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान भन्ने मान्यताका २०१० गठन गरिएको खरूवा समाज जापानको वरिष्ठ उपाध्यक्षमा टेक बा खत्री उपाध्यक्षमा हर्क क्षेत्री र इश्वर खत्री सचिवमा गोबिन्द रेग्मी सह–सचिवमा तेजुन भण्डारी निर्वाचित भएका हुन । सम्पन्न अधिवेशनबाट कोषाध्यक्षमा याम खत्री सह–कोषाध्यक्षमा धन भण्डारी युवा संयोजकमा अंजुन न्यौपाने लेखा संयोजक… पुरा पढौ

फेब्रुअरी २८ सम्ममा एनआरएनएको दशौँ महाधिवेशन तथा चुनाव सम्पन्न गर्न प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं (जीएनएन) - महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा संघका प्रमुख संरक्षक शेष घले समेतको समितिलाई दिइएको छ । दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । शनिबार बसेको संघको ८१ औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन सम्पन्न गर्न प्रमुख संरक्षक घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन… पुरा पढौ

प्रवासी नेपालीहरूलाई डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थ मन्त्री शर्माको आग्रह

लण्डन - नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेरनेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्।गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्रीशर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए। "तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ।"अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइ रहेको बताए। नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अरबौं डलर… पुरा पढौ