प्रवास

दिपक अधिकारीको अध्यक्षमा १९ सदस्यीय गल्कोट सोसाइटी अष्ट्रेलियाको नया कार्यसमिति चयन

गल्कोट सोसाइटी अष्ट्रेलियाको आईतबार सम्पन्न भेला तथा बारबिक्यूले आगामी कार्यकाल २०२३ -२०२५ को लागि दिपक अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।Tempe पार्कमा सम्पन्न नेपाली नयाँ बर्ष शुभकामना आदान प्रदानसहित भएको कार्यक्रमबाट सोसाइटीको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण कुँवर, उपाध्यक्षमा मनोज अधिकारी महासचिबमा जंग कुँवर, सचिबमा दिपक गौतम पब्लिक रिलेशन अफिसरमा याम खत्री, कोषाध्यक्षमा याम कुँवर सह कोषाध्यक्षमा अजित थापा, स्पोर्ट्स कॉर्डिनेटरमा गोर्ख खत्री, आईटी कॉर्डिनेटरमा महेन्द्र कार्की र कल्चर कॉर्डिनेटरमा अन्जेला सुनार आर पुनम खत्रीलाई चयन गरिएको वरिष्ठ… पुरा पढौ

जापानमा नेपाली मिडिया सेन्टर जापानको गठन, अध्यक्षमा कविकिरण न्यौपाने

जापानको नागोया शहरमा आईतवार नेपाली सञ्चारकर्मीहरूको भेलाले नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपानेलाई चयन गरेको छ। न्यौपाने नेपाल पत्रकार महासंघ जापान शाखाको संस्थापक सदस्य एवं बर्तमान सल्लाहकार समेत हुन्। त्यस्तै सेन्टरको उपाध्यक्षमा बिनोदकुमार सापकोटा र श्याम शितल रहेका छन्। सापकोटा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य तथा बर्तमान सल्लाहकार हुन् भने शितल एनआरएनए जापानका सचिव समेत हुन्। त्यस्तै मिडिया सेन्टरको सचिवमा राजबिन थापा रहेका छन्। उनि नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व कोषाध्यक्ष तथा बर्तमान राष्ट्रिय परिषद… पुरा पढौ

जापानको ओकिनावामा दाङका एक नेपाली विद्यार्थीको निधन

विद्यार्थी भिषामा एकवर्ष अघि मात्र जापानको ओकिनावामा आएका एक नेपाली विद्यार्थीको निधन भएको छ ।ओकिनावाको नाहामा अध्ययनका शिलाशिलामा बस्दै आएका नेपालको दाङ तुल्सीपुर उपमाहानगरपालिका-३ का २२ वर्षीय नेपाली युवा खिम बुढा मगरले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।उनी कोभिड महामारिपछि जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए ।होस्टेलमा साथीहरूसंगै बस्दै आएका बुढा मगरलाई शनिबार बिहान मृत अवस्थामा कोठामा फेला पारेपछि प्रहरीलाई खबर… पुरा पढौ

जापानमा सबैका लागि शिक्षा कार्यक्रम अन्तरगत समता स्कूल संचालनमा आउने 

सर्वसुलभ रूपमा ८६ वटा विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको सबैका लागि शिक्षा कार्यक्रम समता स्कूलले जापानमा समेत आफ्नो सेवा विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।  समता स्कूलमा आफूलाई शिक्षा सेवकको रूपमा परिचित गराउने उत्तम संजेलको उपस्थितिमा जापानको टोकियोमा सबैका लागि शिक्षा कार्यक्रम समता स्कूल स्थापनाको सम्भावना अवसर र चुनौतीका बारेमा एक अन्तरक्रिया कार्यक्रममा शनिबार सम्पन्न भएको छ ।  नेपालका ७७ जिल्लामा ८० वटा र अन्य देशमा ६ गरी ८६ वटा विद्यालयको स्थापना गरि मासिक एक सय… पुरा पढौ

जापानमा एनजीओ न्युकमर्स अवार्डबाट नेपाली युवा नगद सहित सम्मानित

टोकियो । जापानमा हरेक वर्ष प्रदान गर्दै आइरहेको एनजीओ न्युकमर्स अवार्डको २०२२ को संस्करणबाट एक नेपाली युवा सम्मानित भएका छन्। जापानको गैरसरकारी क्षेत्रमा छोटो समयमा पुर्याएको योगदान र भविष्यमा गर्न सक्ने योगदानलाई ध्यानमा राखेर जापान भरिका गैरसरकारी संस्थामा निश्चित अबधि भित्रका कर्मचारीलाई प्रदान गर्दै आइरहेको यस अवार्डमा पहिलो बिदेशीका रुपमा साप्लानिर नामक संस्थामा कार्यरत सुदिप दाहालले नगद सहित एनजीओ न्युकमर्स अवार्ड प्राप्त गरेका हुन। सुदिप दाहाल उक्त संस्थामा २०२२ को फेब्रअरीदेखि कार्यरत छन्। करिब नौ वर्षअघि विद्यार्थीको रूपमा अध्ययन गर्न… पुरा पढौ

ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न अपिल

ओसाका जापानकोओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन्। हराई रहेकी आरती खनाल विद्यार्थी भिषामा १० महिना अगाडी मात्रै जापान आएकी थिइन। उनि जापानको ओशाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १- ३ - २ मा रहदैं आएकी बताईएको छ। २२बर्षिय आरतीको स्थायी घर चितवनको भरतपुर महानगर पालिका वर्डा नं १२ हो । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुना साथ खबर गर्न… पुरा पढौ

मार्च २१ मा गायक प्रकाश दुतराजले सिजुओकामा बैनीको घर खोज्दै

सिजुओकामा आयोजना हुन लागेको लोकप्रिय गायक प्रकाश दुतराजको एकल साँगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।जापानको विभिन्न शहरमा साँगीतिक टुरमा रहेका लोक तथा दोहोरी गायक प्रकाश दुतराजको सिजुओकामा यहि मार्च २१ तारिक मगंलबार प्रस्तुति हुने छ । साथमा स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन पनि रहनेछ ।सिजुओकाको हिगाशी सिजुओका स्टेशन नजिक रहेको ग्रान्डसिप हलमा बेलुका ५ बजेदेखी कार्यक्रम शुरु हुनेछ । सिजुओका स्पोर्टस क्लब ,गलकोट समाज जापान क्षेत्रीय समिति सिजुओका , स्याङ्जा समाज सिजुओका र एभरेष्ट फुजी सोसाइटी हामामाचुको संयुक्त आयोजनामा… पुरा पढौ

जापानको हिरासतमा रहेका अर्जुनबहादुर सिंहको उपचार अभावमा मृत्यु भएको ठहर गर्दै अदालतले परिवारलाई क्षतिपूर्ति रकम दिन आदेश

जापानमा सन् २०१७ मा अर्काको क्रेडिट कार्ड दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अर्जुन बहादुर सिंहको हिरासतमा सोधपुछका क्रममा शारीरिक दबाबबाट बिरामी भै उपचार अभावमा मृत्यु भएको ठहर गर्दै अदालतले निजको परिवारलाई क्षतिपूर्ति दिन महानगरीय प्रहरी विभागको इन्चार्जको नाममा आदेश जारी गरेको छ। छ वर्षअघि महानगरीय प्रहरी विभागले पक्राउ गरी हिरासतमा रहदा प्रहरी र अभियोजनकर्ताले सोधपुछ गर्दा अनुचित ढंगले शारीरिक दबाब दिएका कारण मृत्यु भएका ३९ वर्षीय नेपाली अर्जुनबहादुर सिंहको परिवारलाई करिब १० लाख येन क्षतिपूर्ति दिन टोकियो जिल्ला अदालतले आदेश… पुरा पढौ

काँडेबास सेवा समाज जापानले घाइते विकको उपचारका लागि संकलित आर्थिक सहयोग हस्तान्तरण

तातोपानीमा परि गम्भिर घाइते गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबासका बालकको उपचारका लागि काँडेबास सेवा समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।गत माघ १२ गते थालेपोखरामा भैंसीलाई खुवाउन तताएको तातोपानीमा परी घाईते भएका ४ वर्षीय बालक सुलभ बिकको उपचारर्थ समाजले सञ्चालन गरेको अभियानबाट संकलित २ लाख रकम बुवा केहरसिंह विकलाई हस्तान्तरण गरिएको कोषाध्यक्ष गोम बुढाथोकीले जानकारी दिए ।सोमबार कांडेवासमा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष तेजप्रसाद सापकोटाले घाईते बालकको उपचार खर्चमा सहयोग पुग्ने… पुरा पढौ

जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय छ : राजदूत डा. सुवेदी

टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताएका छन। टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. सुवेदीले दूतावासको टेलीकमको समस्याको समाधान छिट्टै हुने बताए । कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजदूत डाक्टर सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित र अनुकरणीय रहेको बताउनु हुँदै आफ्नो नेतृत्वको नेपाली दूतावासमा भ्रष्टाचार हुन दिन्न र नहुने जिकिर गरे ।कार्यक्रमकै बीचमा राजदूत… पुरा पढौ