जापानको ओसाकाको समुद्री किनारामा फेला परेको शव बेपत्ता आरती खनालको रहेको पुष्टि

-


     जनहित न्युज    
     जेठ ८ गते २०८०


में ८ मा समुद्री किनारा नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालको चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ ।
सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासंग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साघुरो बनाउदै डीएनए परीक्षणका लागि अस्पतालमा लगिएको र सोहि शव नै वेपत्ता खनालको रहेको पुष्टि भएको एनआरएनए जापानलाई जानकारी प्राप्त भएको महासचिव श्रेष्ठले बताए ।
प्राप्त शवको के कारणले मृत्यु भएको हो भन्ने कारण खुलाइएको छैन । शवको प्रकृति अनुसार पानीमा डुबेर मृत्यु भएजस्तो देखिएको बताइएको छ । शवको नजिकै खनालले प्रयोग गर्ने गरेको साइकलको चाबी र साथबाट करीब ९ हज़ार येन रक़म फेला परेको बताईएको छ । खनालको परिवारले आफ्नो छोरीको मृत्युको कारण हत्या भएको हुनसक्ने दावी गर्दै क़ानूनी प्रक्रियाका लागि आवश्यक पहल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन ।
जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १- ३ – २ मा बस्ने नेपालको चितवन भरतपुर महानगरपालिका वार्ड नं -१२ की विद्यार्थी भिषामा १ वर्ष अघि जापान आएकी खनाल १६ मार्चमा ओसाकाको नाम्बाको पुल मुनि सांगीतिक कार्यक्रममा राति करिव १० वजे उनी लगाएत नेपालीहरु सहभागी भएका र कोठामा जाने ट्रेन नभएको कारण बसेको त्यही आसपास बसेको र अर्कों दिन संगै बस्ने कोठाको साथीहरूको सम्पर्कमा नभए पछि उनको खोजी कार्य जारी राखिएको थियो ।
बेपत्ता खनालको परिवारले आवश्यक खोजी कार्यको लागि एनआरएनए जापान र जापानका लागि नेपाली दूतावासलाई ज़िम्मेवारी दिएको थियो । प्राप्त ज़िम्मेवारी अनुसार एनआरएनए जापानले जापान प्रहरीसंगको समन्वयमा खोजतलास कार्यलाई तीव्रता दिएको थियो ।
परिवार नेपाली दूतावास लगायत सरोकारवाला निकायसंगको आवश्यक समन्वयमा छलफल गरि निजको अन्त्येष्टि गरिने एनआरएनए जापानले जनाएको छ ।

गत अप्रिल २८ तारिक शुक्रबार एनआरएनए जापानको टोलीले हराईरहेकी आरतीको बारेमा जानकारी लिन टोकियोबाट ओसाका पुगेर सरोकारवालाहरूसंग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?