जापानको इबाराकीमा रुकुमका ३४ वर्षीय अमृत बुढा कोठामा मृत फेला परे

-


     जनहित न्युज    
     जेठ १२ गते २०८०


विद्यार्थी भिषामा जापान आएर हालै कम्पनीमा कार्यरत रुकुम जिल्लाका अमृत बुढाको हालै निधन भएको छ ।
जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोहि ठाउँको कम्पनीमा कार्यरत नेपालको रुकुम महत-३ का ३४ वर्षीय बुढाको केहि दिन अघि आफू बस्ने कोठामा ज्यान गएको जापान प्रहरीले जापानका लागि नेपाली दूतावासलाई जानकारी दिएको थियो ।
मृतक बुढा अप्रिलदेखी कम्पनीमा काम सुरू गरेका में को २ तारिकदेखि उनी कार्यरत कम्पनीमा काम गर्न नगएको र कम्पनीले ४ तारिकदेखि नियमित खोजबिन गरिरहेको र उनको कोठामा चेकजाँच गर्ने क्रममा मृत फेला पारी प्रहरीलाई जानकारी गराईएको पाइएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले बताए । उनका अनुसार गलेको अवस्थामा फेला परेको शवलाई प्रहरीको नियन्त्रणमा राखी जापान प्रहरीले दूतावासलाई जनाकारी गराए पश्चात् मात्र मृत्युको बारेमा खबर बाहिरिएको थियो ।

बुढाको मृत्यु के कारणले भएको हो सो को बारेमा आवश्यक जानकारी लिन र त्यससम्बन्धी आवश्यक प्रकियाको लागि सहयोग गर्नका लागि नेपाली दूतावास सहित एनआरएनए जापानको एक टोली शुक्रवार घटनास्थलमा पुगेर त्यहाको प्रहरी र कम्पनीसंग आवश्यक जानकारी लिएको निउरे बताए ।
कम्पनी, प्रहरी, दूतावास र एनआरएनए जापानको आवश्यक समन्वयमा मृतक बुढाको परिवारलाई जानकारी गरि आवश्यक सल्लाहमा अन्तिम सस्कार गरिने व्यवस्था मिलाउन सहयोग गरिने छ निउरेले भने- “दूतावासको समन्वयमा आवश्यक प्रक्रिया पुरा गरि नेपालको घर परिवारसंग सम्पर्क गरेर सहयोग प्रदान गरिने छ”एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष निउरेले बताए ।
घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?