जापानको सेन्दाईमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु, १ जना गम्भीर घाइते

-


     जनहित न्युज    
     जेठ ३ गते २०८०


जापानको सेन्दाई शहरबाट तरकारी कम्पनीमा काम गर्न ईवाते जादै गरेको बसलाई ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका ८ः१५ बजेतिर कुरिहाराको वाकायानागीस्थित तोहोकु एक्सप्रेसवे डाउन लाइनको मुख्य लाइनमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा जापानी भाषा अध्ययनका लागि आएका विद्यार्थीसहित बस चालक एक जना जापानी नागरिकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन । 

जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार तोहोकु एक्सप्रेसवेमा रोकिएको बससँग ठूलो ट्रक ठोक्किएर दुर्घटना हुँदा बस बाहिर रहेका दुईजना जना पुरुष र एक महिलाको मृत्यु भएको थियो । ठुलो ट्रकका चालक गम्भीर घाइते भएका छन् ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेन्दाईबाट ईवातेका लागि हिडेको बस केहि समय पछि बिग्रिएको र बसमा नेपालीसहित ४१ जना सवार रहेको कुरिहारा नगरपालिकाले जनाएको छ। गुड़िरहेको बसमा केहि खराबी देखिएपछि आवश्यक चेकचाजको लागि सो बस रोकिएको थियो । रोकिएको बसबाट सवार सबै यात्रुलाई ओराली बसको चालकले बस बनाउने क्रममा ती दुई नेपाली बिद्यार्थीहरुले सहयोग गरेको अवस्थामा पछाडीबाट ट्रकले ठक्कर दिदा दुई नेपाली विद्यार्थी सहित बस चालक जापानिज नागरिकको घटनास्थालमा नै मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना हुँदा बसमा सवार यात्रु र चालक दलका सबै सदस्य बाहिर थिए । बिग्रिएको बस मर्मतमा काम गरिरहेकी बस चालक र उनलाई सहयोग गरेका २ जना नेपाली विद्यार्थीलाई ठूलो ट्रकले ठक्कर दिदा तीनैजना उनीहरूलाई गहिरो चोट लागेपछि बेहोस भएका थिए तर पछि तिनीहरूको मृत्यु भएको पुष्टि गरिएको थियो। साथै ठूलो ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेको छ।

अहिलेसम्मको अनुसन्धानबाट दुर्घटना हुनुअघि बसमा ४० जना यात्रु सबै वयस्क नेपाली र बंगलादेशी रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?