‘हामी फेरि कहिलै भेट्ने छैनौ’ भनेर सामाजिक संजालमा लेखे जस्तै युवराज र नवराज जापानको सेन्दाइमा अरुलाई सहयोग गर्दैगर्दा सदाका लागि अस्ताए…

-


     जनहित न्युज    
     जेठ ३ गते २०८०


हामी फेरि कहिलै भेट्ने छैनौ, तिमी गुराँस नलेउ म अर्को जुनी लिन्न, पाएको जुनीमा एक हुन नसकेपछि अर्को जुनीको आशा किन???
आजभन्दा करिब २ महिना अघि आफ्नो सामाजिक संजालमा यस्तो लेखेका नेपालको ओखलढुंगा स्थायी घर भै हाल जापानको सेन्दाइमा भोकेसनल( सेन्मोन गाक्कोउ) शिक्षा अध्ययनरत २७ वर्षीय युवराज थापा अब कहिले कसै कसैसँग नभेट्ने गरि जापानको धरतीमा अस्ताए ।

सहयोगी मनका धनी नेपाली सस्कार परदेशको भूमिमा पनि पस्तुत गर्दा सुनौला सपना बोकेर आफू र आफ़नो परिवारलाई समुन्नत बनाउने सपनालाई बिग्रिएर बनाउन लागिएको बसलाई ट्रकले ठक्कर दिदा उनीसहित २१ वर्षीय नवराज तामाङ र एक जापानी नागरिकहरूले मंगलबार बेलुका सेन्दाइ नजिकैको मूल सडक़मा अन्तिम रूपमै मार्न बाध्य भए ।

दिउसो बिद्यालयमा अध्ययन सकाएर बेलुका पार्टटाइम कामको लागि बसमार्फ़त हिडेका उनीसहित ४० जनाले सोचेका पनि थिएनन होला आफ्ना प्रिय साथीहरूलाई परदेशको भूमिमा काम गर्न जादा बसको चालकलाई बस मर्मतमा सहयोगी बन्दा गुमाउन पर्छ भनेर ।

आजभन्दा ६ महिना अघिमात्र मनभरि सुन्दर सपना सजाउदै अध्ययन गर्न जापान छिरेका काभ्रेपलान्चोक पलाँचो-९ भुम्लुका परिवारको कान्छो छोरा तामाङले अध्ययन सकाएर परिवारलाई खुशी राख्ने आफ्नो सुन्दर चाहनामा ट्रकले बसलाई ठक्कर दिदा अनायासै ज्यान गुमाएसंगै सबै सपना कहिलै पुरा नहुने गरि जापानको आकाशमा उडेका छन ।
प्रिय पात्र …..
आँखाको दुरि स्वीकार्य थियो,
तर मनको दुरि कदापि स्वीकार्य छैन।।।शुभ दिन लेखेर हरेक दिनको सुरुवात गर्ने थापालाई यति छिट्टै सदाको लागि सबै सबैको मन र आँखाको दुरीबाट सडक दुर्घटनाले टाढा बनाउला बनौला कसले सोचेको थियो आँखा आखाभरि उनलाई सजाउदै भक्कनिन्छन संगै विद्यालयका साथीहरू ।
मंगलबार साँझ भएको दुर्घटनाले नेपालीहरूलाई गहिरो चोट दिएको बताउदै नेपाली जनप्रगतिशील मञ्च जापान सेन्दाइ क्षेत्रीय समितिका संयोजक तेज दाहालले भने – सेन्दाइबासी नेपाली समुदायका अगुवाहरूले घर परिवार विद्यालय र प्रहरी प्रशासनमा समन्वय गरेर परिवारलाई सहयोग पुर्याउने आवश्यक कार्य भैरहेकों छ ।
दुर्घटनाको खबर बाहिरिएसंगै अत्तलिएको नवराजको परिवारले परिवारको कान्छो छोराको कल्पना गर्न समेत नसकिने घटनाले परिवार बिच्छिप्त रहेको बताउदै नजिक दाजु नाता पर्ने राणाविर रणवीर तामाङ भने- जे नहुनु थियो भएछ भाइको शव नेपाल पठाईदिने व्यवस्था भए, शवमा भएपनि अन्तिम पटक मुख हेर्ने धोको छ ।’
‘दुर्घटनामा ज्यान गुमाएका भाइहरूको परिवारसंग सम्पर्क भैरहेको छ’ एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाइका संयोजक हरि श्रेष्ठले भने-नेपाली राजदूतावास विद्यालय लगायतसंग समन्वय गरेर परिवारको आग्रह बमोजिम आवश्यक प्रक्रिया पुरा शबलाई नेपाल पठाउन पहल गर्ने छौ ।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखा परेपछि जाँचका लागि रोकिएको थियो । सोही क्रममा बसलाई पछाडीबाट ट्रकले ठक्कर दिएको हो । बसमा हाकेन कम्पनी मार्फत् काम गर्ने ३९ जना नेपाली र १ जना बंगलादेशी रहेको बसमा सवार सुमन अर्यालले जानकारी दिए । मृतक नेपाली बिद्यार्थीले बस चालकलाई लाईट बालेर सहयोग गरिरहदा पछाडीबाट एक्कासी ट्रकले ठक्कर दिएको बताईएको छ ।

मृत्यु हुने अर्की ५० वर्षकी जापानी महिला रहेको जिल्ला प्रहरीले जनाएको छ । मृत्यु हुने तीन जना बसको पछाडि बस मर्मत गर्ने क्रममा पछाडी रहेको अनुमान गरिएको छ । ट्रक र बस ठोकिदा ठोकिदा बसबाट धुवाँ निस्किएको यात्रुले बताएका छन ।इन्जिनमा समस्या आएपछि बस रोकिएको बताइएको छ ।
श्रोतका अनुसार ती महिला सेन्दाईको एउटा ट्याक्सी कम्पनीकी अध्यक्ष हुन् ।सेन्दाइबाट इवाते प्रान्तको इचिनोसेकीमा रहेको एउटा निर्माण कम्पनीमा पार्टटाइम काम गर्न ४० जना जाँदै थिए। ट्रकमा सवार व्यक्ति आओमोरी प्रिफेक्चरको एक यातायात कम्पनीको कर्मचारी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?