चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वरी कँडेल र महासचिबमा कविकिरण न्यौपाने निर्वाचित

-


     जनहित न्युज    
     जेठ ३ गते २०८०



टोकियो- चितवन समाज जापानको चौथों अधिवेशन सम्पन्न भएको छ । टोकियोमा बुधबार सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा ईश्वरी कँडेल सर्वसहमत निर्वाचित गरेको छ ।

चितवनबाट जापान आएर रोजगार, व्यावसाय, अध्ययन लगायत बिभिन्न पेशा गरि रहेका चितवनबासीको संस्थाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षमा रामु खरेल, अनिल पौडेल र प्रदिप खरेल महासचिवमा कविकिरण न्यौपाने, सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कंडेल, कोषाध्यक्षमा धिरन कंडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसहमत रूपमा निर्वाचित भएको निर्वाचन समितिका सदस्य तुलसीराम खरेलले जानकारी दिए ।

निर्वाचन समितिका सदस्य खरेलका अनुसार समाजको केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा बिरेन्द्र सापकोटा, युवराज ढकाल, विवश कंडेल (महेन्द्र), बिमल कंडेल, लक्ष्मण गैरे, अमित सापकोटा र बिनोद कुमाल निर्वाचित भएका छन ।
समाजको उद्घाटनसत्रको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चितवन समाज अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर खत्रीले नेपाली सस्कार रहे सस्कृति बच्ने र सस्कृति रहेमात्र नेपाल र नेपाली रहने भएकोले सस्कार र सस्कृतिको बचाउमा प्रवासी नेपालीहरू लाग्नका लागि आग्रह गरेका थिए । उनले भने- नेपाली धरतीको जुन भूभागमा रहेपनि धर्म सस्कार सस्कृति जोगाई राखौ ।

‘विदेशमा सिकेको र आर्जेको ज्ञान, सीप र पूँजीलाई स्वदेशमा लगाउनु नै सच्चा नेपालीको पहिचान हो’ उनले भने-विदेशको क्षणिक सुख सयल र खुशीमा नरमाऔ, जीवनको फ्रूटफूल समय विदेशमा अधिकतम उपयोग गरौ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा स्थापित समाजहरूले आफनो उदेश्य अनुरूप ख़ास अर्थको सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन आग्रह गर्दै जापानमा चितवन समाजले गरेका सामाजिक कार्यको चर्चा गरेका थिए । यसरी कार्यक्रममा बोल्नेहरूमा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, महासचिव सिद्धार्थ श्रेष्ठ, गलकोट समाजका खगराज गौतम, समाजका सल्लाहकारहरू, राजनैतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका व्यक्तित्वहरूले शुभकामना मन्तव्यसहित आफना धारणा राखेका थिए ।

कार्यक्रममा समाजलाई विभिन्न अवसरमा योगदान पुर्याउने व्यक्ति व्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद कंडेलको स्वागत मन्तव्य र कविकिरण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?