टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन,अध्यक्षमा चन्द्र खत्री

-


     जनहित न्युज    
     असार १३ गते २०८०


स्वास्थ्य, शिक्षा र खेलकुदको विकासका लागि पोखरामा स्थापना गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालको जापानमा शाखा गठन गरिएको छ ।
मंगलबार जापानको टोकियोमा सम्पन्न प्रथम अधिवेशनले शाखाको संरक्षकमा श्री गुरुङ र चन्द्र खत्रीको अध्यक्षता ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
राष्ट्रिय खेल भलिबल खेलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल ग्रुपको जापान शाखाको उपाध्यक्षमा नबिन कुमार गुरुङ, सचिबमा भिक्टर ठाडा मगर, कोषाध्यक्षमा पृथ्बी खत्री, चयन भएका छन् ।
टाइगर ग्रुपका केन्द्रीय अध्यक्ष नारायण शर्मा र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङसहितको उपस्थितिमा सम्पन्न भेलाले कार्यसमितिको सदस्यमा बिपिन के.सी, तेजु के.सी, श्रवण गुरुङ (कान्छा), हिमाल कंडेल, ध्रुव ज्ञवाली, अमृत आर्चाय र टोम गुरुङ रहेका छन् ।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष शर्माले नेपालमा खेलकूदको विकास संरक्षण र संवर्द्धनका लागि योगदान पुर्याउदै आएको ग्रुपले अब प्रवासमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरूसंगको सहकार्यमा खेलकूदका साथै सामाजिक सेवाका कार्यमा थप टेवा र योगदान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?