नारामा मात्र होइन व्यवहारमा पनि लागु गर्ने अठोटको अभियानको रूपमा एनआरएनएको अभियानलाई लिएका दिलिप शर्माले एनआरएनए जापानको आगामी कार्यकालको सदस्य पदमा उम्मेदवारी दिएका छन ।
मन,बचन कर्मले एकता र सद्भाव जगाउनु पर्छ भन्ने मान्यताका साथ बागलुङ गलकोट जन्म भै हाल चितवनका स्थायी बासिन्दा रहेका दिलिपले एनआरएनएलाई नेपाली समुदायको अबिभावकको रूपमा विकास गराउन आफूले सक्दो प्रयासका लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
‘एनआरएनए जापानमा विधि पद्दति नीति नियमको व्यावहारिक रूपमा कार्यान्वयन गराउनका लागि मैले भूमिका खेल्ने छु ।’ सदस्य पदका प्रत्यासी दिलिपले भने- ‘गुटगत, व्यक्तिगत प्रवृतिका कारण सिङगो अभियानप्रति नेपाली समुदायको बिश्वास घट्दै गईरहेको अवस्थामा यस्ता प्रवृतिबाट माथि उठेर समुन्नत समाज निर्माणका लागि सामुहिक अपनत्व निर्माणका लागि मैले सदस्य पदमा उम्मेदवारी दिएको छु ।’
लामो जापान बसाईका क्रममा एनआरएनएको अभियानमा एनआरएनए जापान क्षेत्रीय समितिको संयोजक भै विपन्न विद्यार्थीहरूलाई नियमित छात्रवृति वितरण, असहायहरूलाई राहत वितरण, स्वाथ्योपचारमा समस्या परेकालाई आर्थिक सहयोग लगायत सामाजिक सेवा र मानवीय सेवाका थुप्रै क्रियाकलापमा सहभागी रहेका छन ।
विदेशमा हासिल गरेका ज्ञान सिप र पूँजीलाई आफ्नो मातृभूमिको समुन्नत विकासका लागि लगानी गर्न एनआरएनए जापानमार्फ़त पहल कदमी लिनका लागि पनि आफू सदस्य पदमा रहेर मूल नेतृत्वलाई सघाउन चाहेको दिलिप बताउछन ।
एनआरएनएको उद्देश्य अनुरूपको कार्य गर्न र सबैको एनआरएनए परदेशमा रहदा नेपालीका लागि सुखदुःखमा एनआरएनए बनाई राख्नका लागि आफू प्रतिबद्ध रहने विश्वास व्यक्त उनले गरेका छन ।