एनआरएन जापानको अध्यक्षमा अत्यधिक मतका साथ नविन निउरे विजयी, सबैको भावनालाई समेटेर समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता

-


     जनहित न्युज    
     श्रावण १५ गते २०८०


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३–२०२५ को कार्यकालका लागि भएको निर्वाचनमा नविन निउरेले अध्यक्षमा बाजी मारेका छन् ।
आइतबार सम्पन्न अनलाईन भेरो भोटिङ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि आगामी कार्यकाल २०२३-२५ का लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा ५ हजार ४ सय ४८ खसेको मत मध्य निकटतम प्रतिस्पर्धी सुवेदीले १२ सय २० मत प्राप्त गर्दा अर्का अध्यक्षका प्रत्यासी राजकुमार अधिकारीले ७ सय ७७ मत पाएका थिए भने अर्का प्रत्यासी रामकृष्ण श्रेष्ठले ४९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । कुल खसेको मतको ५४.२४ प्रतिशतभन्दा बढि मत निउरेले प्राप्त गरेका छन ।

सम्पन्न निर्वाचनमा ५ उपाध्यक्ष पदका लागि ८ जना प्रत्यासी रहेकोमा सचिन श्रेष्ठले २ हजार ७ सय १२, सुवास लामिछानेले २ हजार ३ सय ८२, देवराज उप्रेतीले २ हजार ३ सय ८१, कृष्ण गैरे शर्मा २ हजार १ सय, ३१ र सिद्धार्थ श्रेष्ठले २ हजार १ सय २१ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भएका छन् ।
महिला उपाध्यक्षमा एलिजा केसी भण्डारीले २ हजार ८ सय १२ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी लक्ष्मी केसी महर्जनले २ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् ।
निकै चासोका साथमा हेरिएको महासचिवको पदमा टिकाराम खरेलले २ हजार ८ सय ८९ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी श्यामकुमार श्रेष्ठ श्याम शीतलले २ हजार ६ सय २६ मत ल्याउन सफल भएका छन् । स्मरण रहोस गत कार्यकालमा हाल निर्वाचित टिकाराम खरेलले ३ हजार ४ सय ८४ मत ल्याइ पराजित भएका थिए ।

३ पदका सचिव पदका लागि भएको निर्वाचनमा ६ जनाले प्रतिष्प्रधा गरेका थिए । उक्त प्रतिष्प्रधाबाट २७ सय ६२ मत प्राप्त गरि अर्जुन थापा बगाले, २५ सय ६० मत ल्याइ दिपेश केसी खत्री र २१ सय ५२ मतसहित दिलिप कंडेल सचिव पदमा निर्वाचित भएका छन । भने महिला सचिव पदमा चन्द्राकुमारी केसी यस अघि नई निर्विरोध निर्वाचित भएकी थिइन ।
कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी रहेकोमा ३ हजार ३५ मत ल्याउदै दिपक सुनार विजयी हुदाँ निकटतम प्रतिष्प्रर्धी कर्सांङ तामाङले २ हजार ३ सय ७१ मत ल्याएका छन् । सह कोषाध्यक्ष पदमा रामबहादुर थापाले ३२ सय ६४ मत सहित विजयी हुदा महिला सह कोषाध्यक्ष पदमा अंजु भण्डारी निर्विरोध निर्वाचित भएकी छन ।
युवा संयोजक पदका प्रत्यासी राजु भण्डारी सुनीलले उम्मेदवारी फिर्ता लिएसंगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुन सफल रहेका छन् ।भने महिला संयोजक पदमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएकी हुन ।
८ पद सदस्यका लागि १७ जनाले प्रतिष्पर्धा गरेकामा ३ हजार ९ सय ४६ मत लिएर सदस्य पदमा दिलिप शर्मा विजयी भएका छन भने अन्य सदस्य पदमा विनय गुरुङले ३२ सय ६१, ध्रुव गौतमले २९ सय ३९, दिनेश लोहनीले २४ सय ८५, ज्योति केसीले ३४ सय ३६ कृष्णप्रसाद कंडेलले २७ सय ३९, नेत्र पाण्डेले २८ सय २४ र रामु कंडेलले ३ हजार ४ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् । महिला सदस्यमा यस निर्वाचन कै अत्यधिक मत ३९ सय ७० मतसहित ललिता तामाङ निर्वाचित भएकी छन ।

अन्तराष्ट्रिय समन्वय परिपद् सदस्यका लागि बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल निर्विरोध निर्वाचित भएका छन ।

आइतबार नै सम्पन्न क्षेत्रीय समिति कान्साइको निर्वाचनबाट संयोजकमा ३ सय ६९ मतसहित हरिप्रसाद कंडेल र सचिवमा ३ सय ५८ मतसहित विनोद कंडेल निर्वाचित भएका छन । त्यस्तै नागोया क्षेत्रीय समितिमा भएको निर्वाचनमा ३ सय ९१ मत ल्याइ सचिवमा दलबहादुर कार्की र २ सय ८५ मत ल्याइ रुपेश पुन कोषाध्यक्षमा निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?