दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि आयोजक टिमलाई २ का विरुद्ध ३ सेट आफ्नो पक्षमा पार्दै यस वर्ष पनि गलकोट समाज जापानले उपाधि चुमेको छ ।
घुम्टे युवा परिवार जापानद्वारा आयोजित जुलाई २४ तारिक तारिक जापानको कामाता स्पोर्टस सेण्टरमा सम्पन्न उक्त भलिबल प्रतियोगितामा गतवर्ष जस्तै यस वर्षपनि आयोजक टिमसंग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले दोस्रो संस्करणको रूपमा प्रतियोगिता संचालन हो । दोस्रो सस्करणमा पनि विजेताको उपाधि चुमेको गलकोट समाज जापानले ३ लाख २० हज़ार येन नगद ट्रफी र प्रमाण पत्र पाउदा उप विजेता भएको आयोजक टिमले २ लाख २० हजार येन नगद प्रमाण पत्र र ट्रफी हात पारेको हो ।
जापानमा संचालन हुने अन्य भलिबल प्रतियोगिता तुलनामा व्यापक दर्शकको उपस्थिति रहेको सम्पन्न प्रतियोगितामा सहभागी १२ टिम मध्यबाट बोहोराफाट समाज जापान र गल्कोट स्पोर्ट्स क्लव टोकियोले सन्त्वनामा चित्त बुझाउन बाध्य भएका थिए । उनीहरूले ५० हजार र प्रमाण पत्र हात पारी मन बुझाऊनु परेको थियो ।
प्रवासबाट राष्ट्रिय खेलको लागि योगदान पुर्याइनु सुखद पक्ष हो – राजदूत डा. सुवेदी
प्रतियोगितामा प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले परदेश को व्यस्त समयमा पनि राष्ट्रिय खेल भलिबलको विकास र खेलाड़ीलाई क्रियाशील बनाई राख्न यस्ता प्रतियोगिता संचालन गरिनु सुखद कुरा भएको बताए ।
प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै राजदूत डा. सुवेदीले खेललाई घुम्टे युवा परिवार जापानले सस्करणात्मक रूपमा जापानमा भलिबल प्रतियोगिता गराईरहेकोमा खुशी व्यक्त गर्दै दूतावासले गर्नुपर्ने आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।
फाइनल खेलको सुरुवात गर्दै राजदूत डा. सुवेदीले खेलको विकास गर्न र संरक्षणका लागि खेलाड़ीको मनोबल उच्च बनाउनका लागि सबै पक्षले ध्यान दिन आग्रह गरे । कार्यक्रममा जापानमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तीन जनालाई विषेश सम्मान
गलकोट नगरपालिका वार्ड नम्बर ७ मा जन्मेर सामाजिक सेवा र खेलकूदको क्षेत्रमा योगदान पुर्याएका र घुम्टे युवा परिवार जापानको स्थापना गरेर योगदान गरेका गलकोट समाज जापानकी अध्यक्ष कालिका थापा, पूर्व खेलाड़ी दिपक चोख़ाल र संरक्षक दिलबहादुर थापा रामुलाई विषेश सम्मान गरिएको गरिएको थियो ।
सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि समेत रहेका राजदूत डा सुवेदीले दोसल्ला र कदर पत्रद्वारा सम्मान गर्दै सामजसेवाले मनलाई आनन्दित पार्ने भएको भएकोले यो सम्मानले अझ ऊर्जा र हौसला मिल्ने बिश्वास व्यक्त गरे ।
कार्यक्रममा भलिबल खेल संचालनमा महत्वपूर्ण योगदान गर्ने एम्पाएरलाई समेत प्रमाणपत्र र मायाको चिनोद्वारा सम्मानित गरिएको सचिव तुलबिर थापाले बताए ।
गलकोटको मल्ममा संस्था स्थापनाकालदेखि नजिक रहेर कार्य गरि समाजसेवीको छवि बनाएकी कालिका थापाले भनिन- “ कठिन अवस्थामा संस्थाको स्थापनाकालदेखि जन्मभूमिमा रहदा र त्यो हुट हुटहुटी परदेशमा रहदा पनि समाजसेवा गर्ने गरेकोलाई परदेशमा जापान शाखाले सम्झी सम्मान गरेकोमा खुशी लागेको छ र यस्ता कार्यले आउने पिंढीलाई पक्कैपनि हौंसला मिल्नेछ ।“
कार्यक्रममा नेपालबाट निजी भ्रमणमा जापान आएका मल्मलीलाई समान पत्रद्वारा सम्मानित गरिएको थियो ।
खेल अवधिभर उत्कृष्टता प्रदान गर्ने खेलाड़ीलाई पुरस्कृत
नया खेलाडीलाई ऊर्जा प्रदान गर्नको लागि प्रत्येक गेममा मेन वो द म्याच, खेल अवधि भर उत्कृष्टता प्रदर्शन गर्ने वेष्ट प्लेअर, वेष्ट सेटर वेष्ट बल्कर, वेष्ट डिफ़ेण्डर र वेष्ट सपाइकरलाई नगद सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष दिनेश थापाले बताए ।
यसरी पुरस्कार पाउनेहरूमा वेष्ट प्लेअर राजन मल्ल, वेष्ट सेटर सुरेन्द्र केसी, वेष्ट बल्कर मनोज केसी, वेष्ट डिफ़ेण्डर बिष्णु भण्डारी केसी र वेष्ट सपाइकर कमल क्षेत्री रहेका थिए ।त्यसै गरि खेलमा एक उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचले सम्मान गरिएको थियो । जसमा पर्वत समाज जापानका खेलाडी निलम सिंह, घुम्टे युवा परिवार जापानका खेलाडी कृष्ण केसी, धिरजसिंह ठकुरी, प्रदिप गुरुङ, मगर संघ गुम्बाका खेलाडी ललित पुन मगर, बोहोराफाट समाज जापानका खेलाडी पर्वत बोहोरा, उदय बोहोरा, गलकोट समाज जापानका खेलाडी भविन थापा, राजन मल्ल, गल्कोट स्पोर्ट्स क्लव टोकियोका खेलाडी सुमन मगर थिए ।
कार्यक्रम सफलताको शुभकामनासहित विभिन्न तहमा रहेर आर्थिक भौतिक सहयोग गर्ने सहयोग दातालाई आकर्षक सम्मानपत्र द्वारा सम्मान गरिएको कोषाध्यक्ष विष्णु थापाले बताए । कार्यक्रमको लागि स्वर्गीय आमाको स्मृतिमा रनिङ कपको प्रायोजन गरेका संस्थाका उपाध्यक्ष समेत रहेका दुर्गा थापाले प्रवासमा रहेर आफंनै जन्मभूमिको संस्थामार्फत सहकार्य गर्न पाउदा आनन्दको अनुभूति रहेको बताए ।
मल्मबाट कर्म थलो जापान बनाई यहाँ कार्यरत सबैलाई समेटेर घुम्टे युवा परिवारको उद्देश्यलाई थप सहयोग गर्ने सोच अनुरूप २०१८ मा संगठित गरि समाज रूपान्तरणका कार्य, खेलकूदमा सक्रियता विभिन्न आर्थिक सहायता लगायतका कार्यसंगै अहिलेको प्रतियोगिता सम्पन्न गर्न पाउदा आफूलाई आत्मसन्तुष्टि मिलेको संरक्षक दिलबहादुर थापा रामुले बताए ।
खेललाई मर्यादित बनाउनका लागि व्यवस्थित टाईसिट तयार गरि जापानमा रहेका खेलाडीले बिश्वास र भरोसा गर्ने गरि नेपाल भलिबल संघ जापान शाखाको प्राविधिक सहयोगमा खेल संचालन गर्दा सहजता भएको खेल संयोजक मनोज केसीले बताए ।
कार्यक्रमको उदघाटन सत्रको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेश थापा कार्यक्रमको संचालन खगराज गौतम स्वागत मन्तव्य बिना खड्का खत्रीले गरेकी थिइन ।
प्रतियोगितामा तल्लो लमाइ समाज जापान,पर्वत समाज, मोना जापान, गलकोट समाज जापान, गलकोट स्पोर्ट्स क्लब टोकियो,मगर संघ गुन्मा,गलकोट न्यू, घुम्टे युवा परिवार जापान घुम्टे युवा परिवार जापान बि, पर्वत समाज जापान चितवन समाज जापान र बोहोराफाँट समाज जापान र एनवाईएससी सहभागिता रहेको थियो ।