खेलकुद

चौथो रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिताको च्याम्पियन बन्यो घुम्टे युवा परिवार जापान

नेपाल भलिबल संघ जापान शाखाद्वारा आयोजित ‘चौथो रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता’ को च्याम्पियन घुम्टे युवा परिवार बनेको छ।जापानको तोडा स्पोर्ट्स सेण्टरमा मंगलबार सम्पन्न भएको उपाधि प्रतिस्पर्धामा प्रतियोगितामा गल्कोट स्पोर्टस क्लवलाई २-० को सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परिवार जापान च्याम्पियन बन्न सफल भएको हो ।उपाधिसँगै नगद ३ लाख १० हजार येन, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको गल्कोट स्पोर्टस क्लवले २ लाख १० हजार येन नगदमा प्राप्त गर्न सफल भएको खेलकूद संयोजक भिक्टर ठाडा मगरले जानकारी… पुरा पढौ

गलकोट स्पोर्टस् क्लब टोकियो जापानको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गाबहादुर खत्री र महासचिवमा दिनेश थापा निर्वाचित

गलकोट स्पोर्टस् क्लब टोकियो जापानको मंगलबार सम्पन्न पाँचौँ अधिवेशनले आगामी कार्यकाल २०२३-२५ का लागि दुर्गा बहादुर खत्री अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको छ।जापानमा रहेका नेपाली खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले सन् २०१५ मा गठित गल्कोट स्पोर्ट्स क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश निउरे, उपाध्यक्षमा रमेशकुमार खत्री, इश्वर बस्नेत, गणेश केसी, दिपक सुवेदी निर्वाचित भएको निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीले जानकारी दिए।निर्वाचन संयोजक कार्कीका अनुसार क्लवको महासचिवमा दिनेश थापा, सचिवमा… पुरा पढौ

भारतलाई छ विकेटले स्तब्ध पार्दै अष्ट्रेलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन

घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अष्ट्रेलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।  यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको… पुरा पढौ

महिला टी-२० आई सिरिजमा जापानविरुद्ध नेपाल ६७ रनले विजयी

नेपालको घातक बलिङमा हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा पहिलो जित हासिल गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो।  जापानका लागि मेग ओगावाले बनाएको १७ रन नै सर्वाधिक रह्यो। सेइका सुमीले बनाएको १३ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।  जापानलाई कम स्कोरमा रोक्न अस्मिना कर्माचार्य एक्लैले चार विकेट लिइन्। घातक बलिङ… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको पाँचौँ अधिवेशन नोभेम्बर २१ मा हुने

जापानमा रहेका खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले गठित गल्कोट स्पोर्ट्स क्लव टोकियोको पाचौ अधिवेशन हुने भएको छ। “राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने मुख्य मान्यताका साथ जापानमा रहेका गलकोटे साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि योगदान पुर्याउने उद्देश्यले स्थापना भएको क्लबको अधिवेशन नोभेम्बर २१ तारिख हुन लागेको महासचिव दिनेश थापाले जानकारी दिए । अधिवेशन टोकियोको शिन ओकुवो स्थित सोलमारीको मुरा हलमा हुने बताइएको छ। सन… पुरा पढौ

मुसिकोटमा गलकोट च्याम्पियन

गलकोट नगरपालिका प्रथम मुसिकोट मेयर रनिङ कप– २०८० अन्तर स्थानीय तह स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा शनिवार सम्पन्न भएको उपाधि प्रतिस्प्रर्धामा निसिखोला गाँउपालिकालाई ३–२ को सेटमा पराजित गर्दै गलकोट नगरपालिका च्याम्पियन बन्न सफल भएको हो ।पहिलो सेट २५– १९, ले गुमाएको गलकोट नगरपालिकाले दोस्रो सेटमा सुरुवातबाटै अग्रता कायम गदैं २५–१६ ले जित निकालेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा २५–२१ मा जित निकालेको गलकोटबिरुद्ध चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै निसिखोला गाँउपालिकाले २५–२१ ले जित… पुरा पढौ

सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा छनोट

नेपालले १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान बनाएको हो ।  आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो । शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले… पुरा पढौ

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता-२०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लब टोकियोले जित्यो

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता २०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लव टोकियोले जितेको छ।बुधबार साईतामाको टोडा स्पोर्टस् सेन्टरमा सम्पन्न प्रतियोगितामा आयोजक बागलुङ समाज जापानलाई १ का विरुद्ध २ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । १० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता उपाधि जितेको स्पोर्ट्स क्लबले ३० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता भएको आयोजक टिमले २० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र पाएर चित्त बुझाएको छ । घुम्टे… पुरा पढौ

टी-२० विश्वकप एसियाली छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। १४६ रनको लक्ष्यमा नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लागि कुशल भूर्तेलले ७४ रन बनाए। उनले ८ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित कुमार पौडेल ३५ रनमा अविजित रहे। आसिफ शेखले २७ रन बनाए। कुशल मल्ल भने ६ रनमा अविजित रहे। सिंगापुरको लागि अनन्थ कृष्णा र अक्षय पुरीले… पुरा पढौ

नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा चौथो खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने

नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा चौथो खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी र विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवं सहकार्यको वातावरण सृजना गरी भलिबलको विश्वव्यापी मूल्य र मान्यता अनुसार संस्थाले स्थापना कालदेखि नै खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण आगामी नोभेम्बर २८ तारिकका दिन साईतानाकेनस्थित टोडा स्पोर्ट सेन्टरमा हुन लागेको शाखाका अध्यक्ष बुद्ध बस्नेतले बताए। जापान शाखाले चौथो पटक… पुरा पढौ