
टाइगर ग्रुप अफ पोखरा नेपालको भातृ संस्था टाइगर ग्रुप अफ नेपाल जापान शाखाले हाल सम्मकै ठूलो धनराशीको ‘प्रथम रनिङ टाइगर कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०२४’ आयोजना गर्ने भएको छ ।
खेलकुद, शिक्षा, स्वास्थ्य र सामाजिक अभियानका लागि कृयाशिल संस्था टाइगर ग्रुप अफ जापानले आफ्नो संस्थाको स्थापनाको पहिलो पटक यहि २०२४ नोभेम्बर २८ (मंसिर १३ गते) सस्थाका वरिष्ट उपाध्यक्ष नबिन कुमार गुरुङ कार्यक्रम संयोजक रहने गरि उक्त प्रतियोगिता आयोजना गर्ने तयारी थालिएकोे संस्थाका सचिव भिक्टर ठाडा मागरले जानकारी गराएका छन ।
लिग कम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता हुने सचिवले जानकारी दिए । जापानस्थित उशिकु उन्दो हल इबराकीकेनमा सम्पन्न हुने उक्त प्रतियोगितामा बिजेता टिमले ५ लाख जापनी येनका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यो पुरस्कार राशी हाल सम्मकै ठूलो पुरस्कार राशी रहेको आयोजकले दावी गरेको छ ।
त्यसै गरी उपबिजेता टिमले जापानी ऐन नगद रु ३ लाख तथा तेस्रो हुने टिमले जापानी ऐन नगद रु २ लाख प्राप्त गर्नेछन् ।
त्यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र अन्य विद्यागत खेलाडीहरुका लागि समेत नगद पुरस्कार हात पार्ने छन् । उत्कृष्ट हुने खेलाडीले जापनी ऐन नगद रु २५ हजार तथा उत्कृष्ट स्पाइकर, लिबेरो, डिफेन्डर, सेटर, सर्भर, ब्लकर र प्रशिक्षकले जनही नगद १०–१० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।
‘प्रथम रनिङ टाइगर कप आमन्त्रित रास्ट्रीय पुरुष भलिबल प्रतियोगिता २०२४’ सम्पन्न गर्न करिव ३० लाख जापानी ऐन खर्च हुने भएको छ । प्रतियोगिताका लागि नेपालबाट दुई जना अन्तर्राष्ट्रिय रेफ्रिहरुका लागि नेपाल भलिबल संघलाई पत्रचार गरिएको संयोजक गुरुङले जानकारी दिए ।
खेल तथा सामाजिक क्षेत्रको अभियानमा कृयाशिल बनाउन गत वर्ष टाइगर ग्रुप अफ पोखराको जापान शाखा गठन भएको हो ।