खेलकुद

यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा स्थान पक्का

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे ।यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३… पुरा पढौ

एनआरएनए जापानले प्रथम रनिङ कप पुरुष भलिबल प्रतियोगिता में २२ मा टोकियोमा आयोजना गर्दै

जापानको राजधानी टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित ‘प्रथम एनआरएनए रनिङ कप भलिबल प्रतियोगिता २०२३’ हुने भएको हो । एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले एक आपसमा भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए । प्रतियोगिता मे २२ तारिख सोमबार टोकियोको ‘Shinjuku Cosmic center’ मा हुनेछ । प्रतियोगिताको… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानको आठौ सिल्भर रनिङ कपको उपाधि पर्वत समाज जापानले उचाल्यो, उपविजेता बन्यो घुम्टे युवा परिवार जापान

गलकोट स्पोर्ट्स क्लब टोकियो संस्थाको नवौ बार्षिकोत्सव तथा नेपाली नया वर्ष २०८० को अवसरमा भएको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा पर्वत समाज जापान विजेता बनेको छ । स्थापनाकालदेखि वार्षिक रूपमा नियमित प्रतियोगिता संचालन गर्दै आइरहेको क्लबको सोमवार कामातामा सम्पन्न प्रतियोगिमा सहभागी १० टिमलाई परास्त गर्दै घुम्टे युवा परिवार जापान उपविजेता भएको छ । विजेता टिम पर्वत समाज जापानले नगद ३ लाख १९ हजार ९९९ जापानी येन नगद, सिल्भर कप, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजना गरिन लागेको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको टाईसिट(Fixture) सार्वजनिक

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा  नेपाली  नया वर्ष २०८० तथा क्लवको नवौ वार्षिकोत्सवको अवसरमा सोम बार  आयोजना गरिन लागेको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।  टोकियो कामाता स्थित स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिए समेटिएको खेल संयोजक गणेश केसीले जानकारी दिए ।  नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि… पुरा पढौ

सोमबार हुने गलकोट स्पोर्ट्स क्लब टोकियो जापानको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा हुने उक्त प्रतियोगिताको लागि व्यस्थापकीय सम्पूर्ण कार्य सम्पन्न भएको महासचिव हिमाल कंडेलले जानकारी दिए । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि आर्थिक संकलन, ट्रफी,मेडल, प्रमाणपत्र निर्माण र छपाईको कार्य सम्पन्न… पुरा पढौ

`जापानमा बस्ने नेपालीहरुको फुटबल क्रेज’, गोरखालीज एफसी फुटसल टुर्नामेण्ट कप २०२३ युनाइटेडले जित्यो

जापानको फुकुओका प्रिफेक्चरको कोकुरामा सम्पन्न सेकेण्ड सर्टेड गोरखालीज एफसी फुटसल टुर्नामेण्ट कप २०२३ को उपाधि युनाइटेड फुटबल क्लबले हात पारेको छ ।  फुकुओका आसपास बस्ने नेपालीहरूका बिचमा रहेका १७ टिमको सहभागिता रहेको टुर्नामेण्ट कप प्रतियोगितामा वाजिरो फुटबल क्लबलाई २ का विरुद्ध ३ गोलले पराजित गरेर प्रथम  भएको युनाइटेडले २ लाख ५० हजार येन हात पार्न सफल भएको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य भएको वाजिरोले १ लाख २५ हजार येन पाएको छ ।  खेलमा सबैभन्दा अनुसाशित ठहरिएको टिम ओआसी फुटबल… पुरा पढौ

यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको… पुरा पढौ

गलकोट समाज जापानले उचाल्यो प्रथम जनसम्पर्क कप भलिबल प्रतियोगिताको उपाधि

नेपाली जनसम्पर्क समिति जापान,क्युशु ओकिनावा क्षेत्रीय समितिद्वारा आयोजित प्रथम जनसम्पर्क कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उचालेको छ ।नेपाल भलिबल संघ जापानको समन्वयमा आइतबार सम्पन्न सो प्रतियोगिताको उपाधिको लागि पर्वत समाज जापानसंग भएको फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै गलकोट समाज जापान उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा पर्वत समाज जापान उपविजेता बनेको छ ।प्रतियोगिताको उपाधि विजेता गलकोट समाज जापानले नगद ३ लाख येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार… पुरा पढौ

रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ । नेपालका लागि कप्तान रोहित पौडेल १०१ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे… पुरा पढौ

३ लाख ३० हजार नगद पुरस्कारसहित गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर  स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि नै… पुरा पढौ