खेलकुद

क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा बेल्जियम बाहिरियो

क्रोएसिया समूह ‘एफ’ को उपविजेता बन्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, क्रोएसियासँग बराबरी खेलेपनि बेल्जियम भने विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा क्रोएसियाले बेल्जियमसँग गोलरहित बराबरी खेल्दै विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो । पहिलो हाफमा तुलनात्मक रुपमा क्रोएसियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न सकेन । खेलको दोस्रो हाफमा बेल्जियमले गोल गर्ने राम्रो अवसरहरूखेर फाल्दा बराबरीमा रोकिएको हो । मोरोक्को समूह विजेता बन्दा क्रोएसिया उपविजेता बनेको हो ।… पुरा पढौ

पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । विश्वकप फुटबलको समूह सी बाट अर्जेन्टिना र पोल्यण्ड अन्तिम १६ मा प्रवेश गरेका छन् । आज भएको खेलमा पोल्याण्ड अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । एक्कै समयमा भएको अर्को खेलमा साउदी अरेवियालाई मेक्सिकोले २–१ गोलले पराजित गरेको थियो । अकं तालिकामा पोल्याण्ड र मेक्सिकोको समान ४–४ अंक भएपनि गोल अन्तरका आधारमा पोल्याड अघिल्लो चरण प्रवेश गरेको हो । अर्जेन्टिना भने समूक विजेता बन्दै ६ अंक बटुलेर अन्तिम १६ प्रवेश… पुरा पढौ

ब्राजिल विश्वकप फुटबलको प्रिक्वार्टर फाइनलमा प्रवेश

ब्राजिल विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘जी’ मा रहेको ब्राजिलले लगातार दुई खेलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो । सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेसँगै अन्तिम १६ मा स्थान बनएको हो । कतारको स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिलले संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । ब्राजिलको जितमा कासिमिरोले गोल गरे । खेलको ६६औँ मिनेटमा भिनिसियसले गोल गरे ।… पुरा पढौ

कतारमा जारी फिफा विश्वकप-२०२२ मा घाना विजयी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ मा घाना विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा दक्षिण कोरियालाई ३-२ गोलले पराजीत गर्दै घानाले जारी विश्वकपमा पहिलो जीत निकालेको हो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घानालाई जीत दिलाउन मोहम्मद कुडुसले दुई गोल गर्दा मोहम्मद सलिसुले एक गोल थपे । कोरियाको लागि गुए-सुंङ चोले दुई गोल गरे । २४ औं मिनेटमा सालिसुले गोल गर्दै घानालाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा जोर्डनको पासमा कुडुसले गोल गर्दै घानाको अग्रता दोब्बर… पुरा पढौ

पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्यो

जापानमा क्रियाशील पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्न सफल भै २ लाख ८० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार जापानको साइतमा स्थित तोडा स्पोर्ट सेण्टरमा भएको सो प्रतियोगितामा १२ टिमको सहभागिता रहेकोमा वाइल्ड याक्स टिम उपविजेता भै १ लाख ८० हजार नगदसहित मेडल प्रमाणपत्र हात पार्न सफल रहेको क्लबका अध्यक्ष राम गरबुजाले जानकारी दिए । जापानमा खेलकूद प्रतियोगिता गराउने मध्यमा फ़रक शैलीलाई अपनाउदै आएको क्लबले बास्केट बल प्रतियोगिताको साथमा नेपाली मौलिक… पुरा पढौ

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

टोकियो, नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। जापानको राजधानी टोकियोमा मंगलवार सम्पन्न अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक नविन गुरुङले जानकारी दिएका छन् । त्यसै गरी उपाध्यक्षमा भिक्टर ठाडा मगर, दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिबमा प्रकाश चन्द्र जोसी, सह सचिबमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सह कोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।भने सदस्यमा मनोज केसी, राजेश थापा मगर, दिनेश थापा, देव माईला(शर्मा),… पुरा पढौ

कतार विश्वकप : दोस्रो दिन सोमबार तीन खेलहरु हुँदै

कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साँझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औं स्थानमा छ । हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह ‘बी’ को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा… पुरा पढौ

कतार विश्वकप :विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए।  यसअघि जुन–जुलाइमा विश्वकप आयोजना हुँदै आए पनि कतारको तातो मौसमका कारण… पुरा पढौ

नेपाली दर्शकले कतार विश्वकप हेर्ने बाटो खुल्यो,विश्वकप फुटबल हेर्न शुल्क तिर्नुपर्ने

नेपाली दर्शकहरुले फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रशारण हेर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योलमा परेको थियो। आज  प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने फैसला गरेको छ। यससँगै अब नेपाली दर्शकहरुले विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका छन्।    फिफा विश्वकप २०२२ सुरु हुन ४ मात्रै बाँकी छ। कतारमा आयोजना हुने फुटबलको महाकुम्भको प्रत्यक्ष प्रशारणलाई विश्वभर प्राथमिकता… पुरा पढौ

अन्जनको गोलमा नेपाल विजयी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पाकिस्तानलाई हराउन अञ्जन बिस्टले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका हुन्। पाकिस्तानी टोली तीनवर्षको फिफाको प्रतिबन्धबाट फर्किएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका रुपमा नेपालसँग प्रतिस्पर्धा गरेको हो। रंगशालामा करिब ७ हजार समर्थकको उपस्थिति थियो। नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । यस्तै नेपालले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जीत… पुरा पढौ