खेलकुद

३ लाख ३० हजार नगद पुरस्कारसहित गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर  स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि नै… पुरा पढौ

नेपालले स्कटल्याण्डलाई हरायो

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाएर भेट्टायो । नेपालको कीर्तिमानी जितमा… पुरा पढौ

जापान शोगी संघले मास्कले नाक छोपेको भन्दै चर्चित जापानी सोगी खेलाडीलाई ३ महिनाका लागि निलम्बित

जापान शोगी संघले मास्कले नाक छोपेको भन्दै चर्चित जापानी सोगी खेलाडीलाई ३ महिनाका लागि निलम्बित गर्दै लगातार तीन आधिकारिक खेलमा खेल्नका लागि अयोग्य घोषित गरिएको छ।पर्यवेक्षकको निर्देशन पालना नगरेको र खेलका क्रममा मास्कले नाक नछोपको आरोपमा आठौं डेनका खेलाडी ५६ वर्षीय इचिरो हिउराविरुद्ध फेब्रुअरी १३ देखि लागू हुने गरी संगठनले अनुशासनात्मक कारबाही गर्दै निलम्बित गरिएको संघले जनाएको छ । सोगी संघले फेब्रुअरी २०२२ मा कोरोनाभाइरस विरुद्धको उपायको रूपमा लागू गरेको अस्थायी खेल नियमहरू अन्तर्गत, स्वास्थ्य समस्याका कारणविना राम्रोसँग मास्क नलगाउने… पुरा पढौ

मुख्यमन्त्री कपको उपाधी बागलुङलाई

मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को पुरुष भलिबल प्रतियोगितामा बागलुङ जिल्ला भलिबल संघ उपाधी बिजेता बनेको छ ।उपाधीको लागि भएको प्रतिस्प्रर्धामा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ पर्वतलाई ३-१ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो ।फाईनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पहिलो, तेस्रो र चौथो सेटमा क्रमश २५-१९, २५-२२, २८-२६ को सेटमा जित निकाल्दै उपाधी उचाल्न सफल भएको हो ।जिल्ला भलिबल संघ पर्वतले कडा प्रतिस्प्रर्धाका बिच दास्रो सेटमा २९-२७ मा जित निकाले पनि अन्य… पुरा पढौ

‘टाइगर कप’मा चम्केका रवि केसी

भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका थिए ।  पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले रु २५ हजार र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् । “खुसी छु,… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता अप्रिलमा गर्ने

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता हुने भएको छ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुख्य मान्यताका साथ नेपाली नयाँ वर्षको अवसरमा क्लबले नियमित रूपमा गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिदै आठौ संस्करण यहि आउदो अप्रिल १० तारिकमा कामाताको स्पोटर्स हलमा हुन गरिन लागेको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।“जापानमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वर्द्दन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाईराख्नको लागि क्लबले आफ्नो स्थापनाकालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको र त्यसैको निरन्तरतामा… पुरा पढौ

गल्कोट स्पोर्टस क्लब टोकियो जापानद्वारा प्रकाशित स्मारिका विमोचन

गल्कोट स्पोर्टस क्लब टोकियो जापानद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको छ ।अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर क्लबको दस्ताबेजको रूपमा क्लबका बिभिन्न गतिविधि र गल्कोटको इतिहास,परम्परा,संस्कृतिको बारेमा जानकारी समेटेर तयार पारेको “गल्कोट”नामक स्मारिका सोमबार जापानका लागि नेपालका राजदुत डा दुर्गाबहादुर सुवेदीद्वारा विमोचन गरिएको हो ।गलकोट समाज जापानले आयोजना गरेको “साँगितीक धमाका २०२३” कार्यक्रमको टोकियोको उद्घाटन समारोहमा सार्वजनिक स्मारिकामा गलकोटको सामाजिक, सास्कृतिक, शैक्षिक, आर्थिक, खेलकुद लगायतका विविध पक्षलाई समेटेर एक ऐतिहासिक दस्तावेजको रूपमा प्रस्तुत गर्ने जमर्को क्लबले गरेको अध्यक्ष डिलाराम निउरेले… पुरा पढौ

ब्राजिलका लिजेण्ड फुटबल स्टार पेलेको ८२ वर्षको उमेरमा निधन

नाङ्गो खुट्टा गरिबीबाट माथि उठेर आधुनिक खेल इतिहासको सबैभन्दा महान् र चर्चित एथलीट बनेका ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।कोलोन क्यान्सरबाट थलिएका पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पताल त्यहाको स्थानीय समय दिउँसो ३:२७ मा उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका हुन। ब्राजिललाई तीन पटक विश्वकप जिताउन नेतृत्व गर्ने र "फुटबलका राजा" उपनामले चिनिने ब्राजिलको राष्ट्रिय टोलीका पूर्व सदस्य पेलेको २९ तारिखमा निधन भएको हो । साओ पाउलोको अस्पतालमा नोभेम्बरदेखि नियमित अस्पतालमा… पुरा पढौ

विश्वकप २०२२ः अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको १०८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाए । योसँगै थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टीतर्फ… पुरा पढौ

क्रोएसिया बन्यो फिफा विश्वकपको तेस्रो स्थानको विजेता

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले मोरोक्कोलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलअन्तरले हराएको हो। खेलको ७ औं मिनेटमै जोस्को ग्भारडिओलको गोलमा क्रोएसियाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै एचरफ डारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाका लागि दोस्रो गोल मिस्लाभ ओर्सिचले ४२ औं मिनेटमा गरे। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा क्रोएसिया फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा रहन सफल भयो। यी दुई टोली एउटै… पुरा पढौ