दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टिम दर्ताका लागि आग्रह

-


     जनहित न्युज    
     भाद्र १३ गते २०८०


गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइले आगामी सेप्टम्बर ११ तारिक सोमबारका दिन आयोजित दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह गरेको छ ।
गत वर्षदेखि राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र प्रवासमा रहेका खेलाडीको क्रियाशिलताका लागि प्रतियोगिता संचालन गर्दै आएको क्षेत्रीय समिति कान्साइले यस वर्ष आयोजना गरिएको दोस्रो गलकोट कप प्रतियोगिताका लागि जापानमा रहेका भलिबल खेलसंग सम्बन्ध राख्ने खेलाड़ी, क्लब, समूह, समाज र संस्थालाई सेप्टम्बर ९ तारिकसम्म टिम दर्ताका लागि अनुरोध गरेको हो ।
‘क्षेत्रीय समिति कान्साइले आयोजना गर्न लागेको दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि जापानमा क्रियाशील खेलाड़ी,क्लब, संघ, संस्थालाई सहभागिताको लागि पत्राचार गारिसकेका छौ ।’ क्षेत्रीय समितिका अध्यक्ष रामु सहानीले भने- “प्रतियोगितामा सहभागिताको लागि सेप्टम्बर ९ तारिकसम्म टिम दर्ता गरिसक्नुपर्ने छ, जुलाई १० मा खेलको टाइसिट सार्वजनिक गरिनेछ ।’
प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहेको अध्यक्ष सहानीको भनाई छ । उनले भने -“प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौ ।“
संचालनका लागि आवश्यक आन्तरिक व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको समितिका सचिव कौशल बोहोराले जानकारी दिए । उनका अनुसार खेल मैदान व्यवस्थापन, आर्थिक व्यवस्थापन, मेडल, कप, प्रमाणपत्र संघ संस्थालाई पत्राचार लगायतका कार्य सम्पन्न भएका छन ।
प्रतियोगितामा खेल प्रचलित नियमानुसार संचालन गरिने बताईएको छ ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ उक्त प्रतियोगिता संचालन गर्न लागिएको समाजका उपाध्यक्ष शिबु थापाले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ५५ हजार ५५५ नगदसहित सिल्भर रनिङ कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २२ हजार २२२ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५५ हजार ५५५ सहित प्रमाणपत्रको पुरस्कार रहेको छ । प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने छ ।
सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार तोकिएको छ । भने खेलाडी संख्या १० जना हुनुपर्ने बताईएको छ । खेल 〒590-0974 ओसाका, साकाई, साकाई वार्ड ओहामा कितामाची ५-७-१ मा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने खेलकूद संयोजक नारायण भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?