घुम्टे युवा परिवार जापानको भलिबल प्रतियोगीताका लागि टाईसिट सार्वजनिक

-


     जनहित न्युज    
     श्रावण ७ गते २०८०


घुम्टे युवा परिवार जापानद्वारा  आयोजना गरिन लागेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।
टोकियो कामाता स्थित स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिएको खेल संयोजक मनोज केसीले जानकारी दिए । 
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले यसपटक दोस्रो संस्करणको रूपमा प्रतियोगिता संचालन गर्न लागेको हो यस वर्ष १२ समूहका बिचमा प्रतियोगिता संचालन हुनेछ । खेलकुद नेपाल भलिबल संघको प्राविधिक सहयोगमा संचालन हुनेछ।
“खेलकूद, कला, संस्कृति, हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मान्यताका साथ सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल हाम्रो गौरवशाली संस्थाद्वारा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाई राख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष दिनेश थापाले बताए।
प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको सिल्भर कप संस्थाका उपाध्यक्ष दुर्गा थापा ज्यूले आफ्नी मममतामयी स्वर्गीय आमाको सम्झानामा प्रायोजन गर्नु भएको हो।

सार्वजनिक गरिएको टाईसिट(Fixture) यस प्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?