
दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ को उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियोलाई २ का विरुद्ध ० सेट आफ्नो पक्षमा पार्दै घुम्टे युवा परिवार जापानले उपाधि चुमेको छ ।
गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइ ओसाकाद्वारा आयोजित सेप्टेम्बर ११ तारिख जापानको Osaka, Sakai, Sakai Ward, Ohama Kitamachi, 5 Chome−7−1 मा रहेको खेल मैदानमा सम्पन्न उक्त भलिबल प्रतियोगितामा भएको फ़ाइनलमा गेमको सोझो २ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो । प्रतियोगिताको रमाइलो पक्ष विजेता टिम घुम्टे युवा परिवार जापानले उसंग प्रतिस्प्रधा गर्ने सम्पूर्ण टिमलाई २-० को सोझो सेटमा जितेको थियो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले दोस्रो संस्करणको रूपमा प्रतियोगिता संचालन गरेको हो । दोस्रो सस्करणमा विजेताको उपाधि चुमेको घुम्टे युवा परिवार जापानले ३ लाख ५५ हज़ार५५५ येन नगद ट्रफी र प्रमाण पत्र पाउदा उप विजेता भएको गलकोट स्पोटर्स क्लब टोकियोले २ लाख २२ हजार २२२ येन नगद प्रमाण पत्र र ट्रफी हात पारेको हो ।
जापानको ओसाकामा संचालन हुने अन्य भलिबल प्रतियोगिता तुलनामा व्यापक दर्शकको उपस्थिति रहेको सम्पन्न प्रतियोगितामा सहभागी १२ टिम मध्यबाट गलकोट समाज जापान र एनवाइएससीले सन्त्वनामा चित्त बुझाउन बाध्य भएका थिए । उनीहरूले ५५ हजार ५५५ र प्रमाण पत्र हात पारी मन बुझाऊनु परेको थियो ।
प्रतियोगितामा प्रमुख अतिथिको रूपमा सहभागिता जनाएककी गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले परदेश को व्यस्त समयमा पनि राष्ट्रिय खेल भलिबलको विकास र खेलाड़ीलाई क्रियाशील बनाई राख्न यस्ता प्रतियोगिता संचालन गरिनु सुखद कुरा भएको बताए ।भातृत्व र पारस्परिक सहयोग आदानप्रदान र अनुशासनको विकास गराउन भलिबल प्रतियोगिताले सघाउ पुर्याइ रहेको अध्यक्ष थापाले बताइन् ।
समाजिक सेवा र मातृभूमि प्रति गरेको सहयोग गर्ने समाजका विभिन्न १० जनालाई दोसल्ला ओढ़ाएर सम्मान पत्रसहित सम्मान सम्मान गरिएको थियो ।
कार्यक्रममा भलिबल खेल संचालनमा महत्वपूर्ण योगदान गर्ने एम्पाएरलाई समेत प्रमाणपत्र र मायाको चिनोद्वारा सम्मानित गरिएको थियो ।
खेल अवधिभर उत्कृष्टता प्रदान गर्ने खेलाडीलाई ऊर्जा प्रदान गर्नको लागि प्रत्येक गेममा मेन वो द म्याच, खेल अवधि भर उत्कृष्टता प्रदर्शन गर्ने वेष्ट प्लेअर, वेष्ट सेटर वेष्ट बल्कर, वेष्ट डिफ़ेण्डर र वेष्ट सपाइकरलाई नगद सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष रामु साहानीले बताए ।
यसरी पुरस्कार पाउनेमा विजेता टिम घुम्टे युवा परिवार जापानबाट निलम सिंहले वेस्ट प्लेयर, मनोज केसीले वेस्ट डिफेण्डर र रमेश खड्काले वेस्ट सेटरको पाएका थिए भने उपविजेता टिम गल्कोट स्पोर्ट्स क्लव टोकियोबाट रेशम बस्नेतले वेस्ट स्पाईक र सुनिल बस्नेतले वेस्ट ब्लकरको पुरस्कार हात पारेका थिए।
ओसाकामा सबै सबैको साथ सहयोगबाट भातृत्वको विकास गर्न सघाउ पुर्याउने लक्ष्यका साथ आयोजित प्रतियोगिता सफलता साथ सम्पन्न गर्न पाउदा आफूलाई आत्मसन्तुष्टि मिलेको गलकोट समाज जापानका उपाध्यक्ष शिबु थापाले बताए ।
खेललाई मर्यादित विवाद रहित बनाउनका लागि व्यवस्थित टाईसिट तयार गरि जापानमा रहेका खेलाडीले बिश्वास र भरोसा गर्ने एम्पाएरको टिम तयार गरेकोले खेल संचालनमा सहजता भएको खेल संयोजक नारायण भण्डारीले बताए ।
कार्यक्रमको उदघाटन सत्रको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रामु साहानी र कार्यक्रमको संचालन नरबहादुर थापाले स्वागत मन्तव्य उपाध्यक्ष नारायण थापाले गरेका थिए ।
प्रतियोगितामा कोबे समाज, बोहोराफाँट समाज जापान, घुम्टे युवा परिवार जापान, सिजुओका जापान टिम, गलकोट समाज जापान ओसाका ए, एनवाईएससी जापान, ओएनएस जापान, कर्णाली प्रदेश ओकिनावा, गलकोट समाज जापान, एनआरएनए कान्साइ, गलकोट समाज जापान कान्साइ बि र गलकोट स्पोर्ट्स क्लब टोकियोको सहभागिता रहेको थियो ।