
गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा नेपाली नया वर्ष २०८० तथा क्लवको नवौ वार्षिकोत्सवको अवसरमा सोम बार आयोजना गरिन लागेको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।
टोकियो कामाता स्थित स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिए समेटिएको खेल संयोजक गणेश केसीले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि नै निरन्तर रूपमा प्रतियोगिता संचालन गर्दै आएकोमा यस वर्ष १२ समूहका बिचमा प्रतियोगिता संचालन हुनेछ । खेलकुद नेपाल भलिबल संघको प्राविधिक सहयोगमा संचालन हुनेछ।
सार्वजनिक गरिएको टाईसिट(Fixture) यस प्रकार रहेको छ ।




