खेलकुद

‘टाइगर कप’मा चम्केका रवि केसी

भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका थिए ।  पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले रु २५ हजार र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् । “खुसी छु,… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता अप्रिलमा गर्ने

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता हुने भएको छ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुख्य मान्यताका साथ नेपाली नयाँ वर्षको अवसरमा क्लबले नियमित रूपमा गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिदै आठौ संस्करण यहि आउदो अप्रिल १० तारिकमा कामाताको स्पोटर्स हलमा हुन गरिन लागेको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।“जापानमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वर्द्दन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाईराख्नको लागि क्लबले आफ्नो स्थापनाकालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको र त्यसैको निरन्तरतामा… पुरा पढौ

गल्कोट स्पोर्टस क्लब टोकियो जापानद्वारा प्रकाशित स्मारिका विमोचन

गल्कोट स्पोर्टस क्लब टोकियो जापानद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको छ ।अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर क्लबको दस्ताबेजको रूपमा क्लबका बिभिन्न गतिविधि र गल्कोटको इतिहास,परम्परा,संस्कृतिको बारेमा जानकारी समेटेर तयार पारेको “गल्कोट”नामक स्मारिका सोमबार जापानका लागि नेपालका राजदुत डा दुर्गाबहादुर सुवेदीद्वारा विमोचन गरिएको हो ।गलकोट समाज जापानले आयोजना गरेको “साँगितीक धमाका २०२३” कार्यक्रमको टोकियोको उद्घाटन समारोहमा सार्वजनिक स्मारिकामा गलकोटको सामाजिक, सास्कृतिक, शैक्षिक, आर्थिक, खेलकुद लगायतका विविध पक्षलाई समेटेर एक ऐतिहासिक दस्तावेजको रूपमा प्रस्तुत गर्ने जमर्को क्लबले गरेको अध्यक्ष डिलाराम निउरेले… पुरा पढौ

ब्राजिलका लिजेण्ड फुटबल स्टार पेलेको ८२ वर्षको उमेरमा निधन

नाङ्गो खुट्टा गरिबीबाट माथि उठेर आधुनिक खेल इतिहासको सबैभन्दा महान् र चर्चित एथलीट बनेका ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।कोलोन क्यान्सरबाट थलिएका पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पताल त्यहाको स्थानीय समय दिउँसो ३:२७ मा उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका हुन। ब्राजिललाई तीन पटक विश्वकप जिताउन नेतृत्व गर्ने र "फुटबलका राजा" उपनामले चिनिने ब्राजिलको राष्ट्रिय टोलीका पूर्व सदस्य पेलेको २९ तारिखमा निधन भएको हो । साओ पाउलोको अस्पतालमा नोभेम्बरदेखि नियमित अस्पतालमा… पुरा पढौ

विश्वकप २०२२ः अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको १०८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाए । योसँगै थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टीतर्फ… पुरा पढौ

क्रोएसिया बन्यो फिफा विश्वकपको तेस्रो स्थानको विजेता

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले मोरोक्कोलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलअन्तरले हराएको हो। खेलको ७ औं मिनेटमै जोस्को ग्भारडिओलको गोलमा क्रोएसियाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै एचरफ डारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाका लागि दोस्रो गोल मिस्लाभ ओर्सिचले ४२ औं मिनेटमा गरे। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा क्रोएसिया फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा रहन सफल भयो। यी दुई टोली एउटै… पुरा पढौ

भलिबल खेलको प्रवर्द्वनका लागि जापानमा कार्यरत १० जना खेलप्रेमीलाई सल्लाहकारमा चयन

नेपाल भलिबल संघ गलकोट नगर समितीले राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्वन गर्ने उद्येश्यले सल्लाहकार नियुक्त गरेको छ । समितीले देश विदेशमा रहेका गलकोटबासी नागरिकहरुलाई खेल क्षेत्रसँग जोडदै भलिबलको थप स्तरवृद्वि गर्न १० जना खेलप्रेमीलाई सल्लाहकार नियुक्त गरिएको नेपाल भलिबल संघ गलकोट नगर समितिका अध्यक्ष हुम थापाले जानकारी दिए । चयन गरिएका सल्लाहकारहरूमा डिलाराम निउरे, हिमाल कँडेल, दिनेश थापा, दुर्गा थापा, मनोज केसी, रमेश कुमार खत्री, महेन्द्र साहानी, भबिन थापा, राजा खत्री, प्रकाश केसी रहेको भलिबल संघले जनाएको छ ।… पुरा पढौ

विश्वकप फाइनलमा अर्जेन्टिना भर्सेज फ्रान्स, मेसी भर्सेज एम्बाप्पेको रोचक भिडण्त

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।  विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्याो ।कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोविरुद्ध सहज जित निकाल्यो । फ्रान्सको… पुरा पढौ

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा: अल्भारेजको दुई गोल, मेस्सीको एक गोल

कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ। क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो।  दोहाको लुसेल रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको थियो। खेलको ३४ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ३९ औँ मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। मेसीको सुन्दर पासमा दोस्रो हाफमा अल्भारेजले गोल थप्दै ३ गोल पुर्‍याए। बुधवार फ्रान्स र मोरक्कोविचको दोस्रो… पुरा पढौ

फ्रान्स सेमिफाइनलमा, इंग्ल्यान्ड बाहिरियो

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। साविक च्याम्पियन फ्रान्सलाई अन्तिम चारमा पुर्‍याउने क्रममा औरेलेनी टचौमेनी र ओलिभर जिरुडले गोल गरे। इंग्ल्यान्डले भने पेनाल्टीमार्फत बराबरीको सुन्दर मौका चुकाएको थियो। पहिलो गोल ह्यारि केनले पेनाल्सटीमानै दुपयोग गर्दै खेल १-१ को बराबरी गरेपनि फ्रान्स लिएको दोस्रो पटकको अग्रतालाई पनि बराबरी गर्ने मौका भने केनले चुकाए। उनले ८४ औ मिनेटमा पेनाल्टीको अर्को मौका गुमाउन पुगेका थिए। जसका कारण निर्धारित समयको सम्भावित बराबरीको मौकाबाट इंग्ल्यान्ड चुकेको थियो। त्यसअघि पहिलो हाफमा फ्रान्सले इंग्ल्यान्ड विरुद्ध अग्रता बनाएको थियो।… पुरा पढौ