खेलकुद

अन्जनको गोलमा नेपाल विजयी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पाकिस्तानलाई हराउन अञ्जन बिस्टले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका हुन्। पाकिस्तानी टोली तीनवर्षको फिफाको प्रतिबन्धबाट फर्किएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका रुपमा नेपालसँग प्रतिस्पर्धा गरेको हो। रंगशालामा करिब ७ हजार समर्थकको उपस्थिति थियो। नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । यस्तै नेपालले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जीत… पुरा पढौ

यु-२३ राष्ट्रिय भलिबलको प्रारम्भिक छनोटमा गलकोटका केसी छनोट

यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले गरेको प्रारम्भीक छनोटमा गलकोटका युवा खेलाडि रवि केसी छनोट भएका छन् । नेपाल भलिबल संघले बंगलादेशको ढाकामा पुस पहिलो साता आयोजना हुने काभा यू २३ पुरुष भलिबल च्याम्पियनसिपका प्रारम्भिक चरणमा छनोटमा परेका २० खेलाडी सूचि सार्वजनिक गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । काभा यू-२३ च्याम्पियनसिप ढाकामा पुस ५ देखि १२ गतेसम्म हुँदैछ । बन्द… पुरा पढौ

आसन्न कतार विश्वकपमा देखिने छन अहिलेसम्मका विश्वकपमा नदेखिएका दुर्लभ दृश्य

कतारमा हुन लागेको २२ औँ संस्करणको विश्वकप फुटबलको दिनगन्ती सुरु हुन थालेको छ । आगामी मंसिर ४ अर्थात नोभेम्बर २० बाट सुरु हुने फुटबलको महाकुम्भ मेलामा यसपाली केही फरक दृश्य देखिँदैछ । उसो त दर्शकहरुले विगतका संस्करणमा भन्दा विल्कुल फरकपन पाउनेछन् । पहिलो नम्बरमा पर्छ, महिला रेफ्री । विगतका वर्षहरुमा फिफा पुरुष विश्वकपमा पुरुष रेफ्रीमात्र हुन्थे । यद्यपि, यसपालीबाट महिला रेफ्रीलाई पनि मैदानमा देखिनेछ । यस प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ । तीमध्ये तीनजना महिला (यामाशिता योशिमी, सलिमा… पुरा पढौ

बलात्कार मुद्दामा सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश

नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको बताए । ‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ सूचना अधिकारी दाहालले भने । वरिष्ठ… पुरा पढौ

नेपाल भलिबल संघ जापान शाखाको अधिवेशन नोभेम्बर २२ मा हुने

नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवार हुने भएको छ। सन २०१७ सालमा स्थापना भएको नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बकर २२ तारिक मंगलवारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा गरिने निर्णय मंगलबार सम्पन्न बैठकले गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए। अधिवेशनलाई सफल पार्नका लागि साथै कुशल नेतृत्व चयन गर्नका लागि नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गुरुङको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा… पुरा पढौ

दोस्रो गलकोट महोत्सवमा आयोजित भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले चुम्यो

“ड्रिम टिम गलकोट” द्वारा आयोजित दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव - २०७९ मा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ । निसिखोला गाउपालिकासँग भएको फाइनल खेलमा प्रतिस्पार्धत्मकसहित सोझो तीन सेटको जित निकाल्दै क्लव प्रथम हुन सफल भै २ लाख ११ हजार नगदसहित ट्रफी,मेडल सहित प्रमाण पत्र हात पार्न सफल भएको हो । प्रतियोगितामा सहभागी टिमलाई डवल लिंग सिस्टमबाट खेल खेलाईएको थियो । प्रतियोगितामा विजयी गल्कोट स्पोर्टस् क्लव टोकियो जापान संगै,बोहोराफाँट समाज जापान,नुवाकोट समाज… पुरा पढौ

आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको क्रिकेटर सन्दीप लामिछानेको दाबी

बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । अधिवक्ता घिमिरेका अनुसार सन्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी… पुरा पढौ

पञ्चदिप युवा क्लब चितवनले नकआउट फुटबल प्रतियोगितामा प्रथम हुदै इतिहास रच्यो

पञ्चदिप युवा क्लब, रत्ननगर चितवन प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएको छ। फाईनल खेलमा समेत उत्कृष्ट खेल खेल्दै ल्कवले पहिलो हुँदै ट्रफी ,मेडल र नगद २ लाख २२ हजार २ सय २२ रुपयाँ प्राप्त गर्यो। सेमिफाइनल खेलमा कालिका ५ लाई ०–२ ले हराउँदै पञ्चदिप युवा ल्कव फाईनलमा पुगेको थियो। चितवनको कालिका–१ स्थित गडुवा खेलमैदानमा सम्पन्न फाइनलमा पञ्चदिपले रोयल जिप सुर्यपुर एफसीलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।बिजया दशमीको अवशरमा लालीगुराँस टोल विकास… पुरा पढौ

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ, “ठूलो षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु ।”सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।  कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । सन्दीप आउने खबरपछि उनलाई पक्राउ गर्न  विमानस्थलमा ठूलो संख्यामा प्रहरी परिचालित भएका थिए । पक्राउ परेका सन्दीपले रुमालले हतकडी छोपेका थिए । सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका  थिए । … पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता-२०२२ को आयव्यय सार्वजनिक, २५ लाख बढि खुद नाफा गर्न सफल

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरिएको छ ।जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा कुल ४० लाख २९ हजार ६६६ येन आम्दानी १५ लाख ३ हजार ५७८ कुल खर्च र कार्यक्रमबाट २५ लाख २६ हजार ८८ खुद बचत भएको संस्थाका कोषाध्यक्ष विष्णु थापाले सोमबार सम्पन्न बैठकमा जानकारी गराए । खेलकूद कला र संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मान्यताका साथ… पुरा पढौ