भलिबल खेलको प्रवर्द्वनका लागि जापानमा कार्यरत १० जना खेलप्रेमीलाई सल्लाहकारमा चयन

-


     जनहित न्युज    
     पौष २ गते २०७९


नेपाल भलिबल संघ गलकोट नगर समितीले राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्वन गर्ने उद्येश्यले सल्लाहकार नियुक्त गरेको छ ।

समितीले देश विदेशमा रहेका गलकोटबासी नागरिकहरुलाई खेल क्षेत्रसँग जोडदै भलिबलको थप स्तरवृद्वि गर्न १० जना खेलप्रेमीलाई सल्लाहकार नियुक्त गरिएको नेपाल भलिबल संघ गलकोट नगर समितिका अध्यक्ष हुम थापाले जानकारी दिए ।

चयन गरिएका सल्लाहकारहरूमा डिलाराम निउरे, हिमाल कँडेल, दिनेश थापा, दुर्गा थापा, मनोज केसी, रमेश कुमार खत्री, महेन्द्र साहानी, भबिन थापा, राजा खत्री, प्रकाश केसी रहेको भलिबल संघले जनाएको छ ।

जापानमा रहेका गलकोटबासी नागरिक सँग सँगै सहकार्य गरि खेलकुदको विकासमा थप टेवा पुराउनको निम्ति यस्ता अभियानलाई संस्थाले आगामी दिनमा थप निरन्तरता दिईने नेपाल भलिबल संघ गलकोट नगर समितिका महासचिव महेन्द्र खड्काले जानकारी दिए ।

रोजगारीको सिलसिलामा जापानमा रहेर पनि आफनो जन्मभुमी र खेलप्रति उच्च सम्मान सहित सामाजिक विकास र सदभाव अनि एकतामा जोड दिन जापानमा रहेका खेलप्रेमी नागरिकलाई संस्थामा आवद्व गराउन यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गलकोट समाज जापानका केन्द्रिय सदस्य तथा घुम्टे युवा परिवार जापान शाखाका युवा संयोजक प्रकाश केसीले बताए ।

नेपालका लागि भौगोलिक रुपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो भलिबल । त्यसैले पनि भलिबल राष्ट्रिय खेल बन्न सफल भयो । यो खेल नेपालका कुना-कन्दरासम्म लोकप्रिय पनि छ । यद्यपि, भलिबल नेपालमा कसरी भित्रियो र गाउँ-गाउँसम्म पुग्यो भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।

वि.सं १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ । ब्रिटिस आर्मीमा भर्ती भएर तालिम प्राप्त नेपालीहरुले यो खेललाई नेपाल भित्र्याएको तथ्य भेटिन्छ । वि.सं. १९९९ अर्थात सन् १९४२ मा राजधानीको त्रिचन्द्र कलेजमा छात्रहरुले जनस्तरमा पहिलो पटक भलिबल खेलेको २०३८ सालको बृहत राष्ट्रिय खेलकुदपछि प्रकाशित पुस्तकमा उल्लेख छ । त्यही तथ्यलाई आधार मान्ने हो भने पनि नेपालमा भलिबल खेल्न थालिएको करिब ८ दशक पुग्न लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?