जापान शोगी संघले मास्कले नाक छोपेको भन्दै चर्चित जापानी सोगी खेलाडीलाई ३ महिनाका लागि निलम्बित

-


     जनहित न्युज    
     फागुन ३ गते २०७९


जापान शोगी संघले मास्कले नाक छोपेको भन्दै चर्चित जापानी सोगी खेलाडीलाई ३ महिनाका लागि निलम्बित गर्दै लगातार तीन आधिकारिक खेलमा खेल्नका लागि अयोग्य घोषित गरिएको छ।
पर्यवेक्षकको निर्देशन पालना नगरेको र खेलका क्रममा मास्कले नाक नछोपको आरोपमा आठौं डेनका खेलाडी ५६ वर्षीय इचिरो हिउराविरुद्ध फेब्रुअरी १३ देखि लागू हुने गरी संगठनले अनुशासनात्मक कारबाही गर्दै निलम्बित गरिएको संघले जनाएको छ ।

सोगी संघले फेब्रुअरी २०२२ मा कोरोनाभाइरस विरुद्धको उपायको रूपमा लागू गरेको अस्थायी खेल नियमहरू अन्तर्गत, स्वास्थ्य समस्याका कारणविना राम्रोसँग मास्क नलगाउने खेलाडीलाई पर्यवेक्षकको विवेकमा अयोग्य ठहराउन सकिने उल्लेख गरिएको थियो।
खेल सुरु भएको केही समयपछि हिउरालाई अयोग्य घोषित गरियो । १० र ७ फेब्रुअरीमा मेइजिन क्लास सी वान र्याङ्किङ प्रतियोगितामा र फेब्रुअरी १ ​​मा किओ प्रतियोगिताको प्रारम्भिक राउण्डमा पनि नियम उल्लंघन गरेको भन्दै हिउराले पर्यवेक्षकको निर्णय पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण भएको हो । लगातार तीन खेल खेलेपछि पनि सो नियमको उलंघन गरेपछि संघले फेब्रुअरी १० तारिकको सञ्चालक समितिको असाधारण बैठक बसेर उनलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
आफ्नो पहिलो अयोग्यताको समयमा हिउराले जापानी संचार माध्यम भने, “अस्थायी खेल नियमहरूले ‘खेलको समयमा तपाईले आफ्नो नाक खुला नगर्नु हुँदैन’ भन्दैन, र यदि तपाइँ आफ्नो नाक खुला गर्नुभयो भने पनि त्यहाँ कुनै संक्रमण हुनेछैन भन्ने उल्लेख हुदाहुँदै हुदैपनि यो निर्णय बेतुका छ ।” उनले नागरिक मुद्दामा जाने विचार गरिरहेको बताए ।

जापान सरकारले मार्च १३ बाट मास्क लगाउने कि नगर्ने भन्ने निर्णय व्यक्तिहरूमा छोड्ने संकेत गरेको छ। शोगी संघले स्पष्ट रूपमा नियमहरूको समीक्षा गर्ने भन्दै, “हामी मास्कको पछिल्लो जानकारीमा आधारित अस्थायी खेल नियमहरू सुधार, संशोधन वा उन्मूलनमा उपयुक्त निर्णयहरू जारी राख्नेछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?