खेलकुद

कतारमा जारी फिफा विश्वकप-२०२२ मा घाना विजयी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ मा घाना विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा दक्षिण कोरियालाई ३-२ गोलले पराजीत गर्दै घानाले जारी विश्वकपमा पहिलो जीत निकालेको हो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घानालाई जीत दिलाउन मोहम्मद कुडुसले दुई गोल गर्दा मोहम्मद सलिसुले एक गोल थपे । कोरियाको लागि गुए-सुंङ चोले दुई गोल गरे । २४ औं मिनेटमा सालिसुले गोल गर्दै घानालाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा जोर्डनको पासमा कुडुसले गोल गर्दै घानाको अग्रता दोब्बर… पुरा पढौ

पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्यो

जापानमा क्रियाशील पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्न सफल भै २ लाख ८० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार जापानको साइतमा स्थित तोडा स्पोर्ट सेण्टरमा भएको सो प्रतियोगितामा १२ टिमको सहभागिता रहेकोमा वाइल्ड याक्स टिम उपविजेता भै १ लाख ८० हजार नगदसहित मेडल प्रमाणपत्र हात पार्न सफल रहेको क्लबका अध्यक्ष राम गरबुजाले जानकारी दिए । जापानमा खेलकूद प्रतियोगिता गराउने मध्यमा फ़रक शैलीलाई अपनाउदै आएको क्लबले बास्केट बल प्रतियोगिताको साथमा नेपाली मौलिक… पुरा पढौ

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

टोकियो, नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। जापानको राजधानी टोकियोमा मंगलवार सम्पन्न अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक नविन गुरुङले जानकारी दिएका छन् । त्यसै गरी उपाध्यक्षमा भिक्टर ठाडा मगर, दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिबमा प्रकाश चन्द्र जोसी, सह सचिबमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सह कोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।भने सदस्यमा मनोज केसी, राजेश थापा मगर, दिनेश थापा, देव माईला(शर्मा),… पुरा पढौ

कतार विश्वकप : दोस्रो दिन सोमबार तीन खेलहरु हुँदै

कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साँझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औं स्थानमा छ । हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह ‘बी’ को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा… पुरा पढौ

कतार विश्वकप :विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए।  यसअघि जुन–जुलाइमा विश्वकप आयोजना हुँदै आए पनि कतारको तातो मौसमका कारण… पुरा पढौ

नेपाली दर्शकले कतार विश्वकप हेर्ने बाटो खुल्यो,विश्वकप फुटबल हेर्न शुल्क तिर्नुपर्ने

नेपाली दर्शकहरुले फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रशारण हेर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योलमा परेको थियो। आज  प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने फैसला गरेको छ। यससँगै अब नेपाली दर्शकहरुले विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका छन्।    फिफा विश्वकप २०२२ सुरु हुन ४ मात्रै बाँकी छ। कतारमा आयोजना हुने फुटबलको महाकुम्भको प्रत्यक्ष प्रशारणलाई विश्वभर प्राथमिकता… पुरा पढौ

अन्जनको गोलमा नेपाल विजयी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पाकिस्तानलाई हराउन अञ्जन बिस्टले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका हुन्। पाकिस्तानी टोली तीनवर्षको फिफाको प्रतिबन्धबाट फर्किएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका रुपमा नेपालसँग प्रतिस्पर्धा गरेको हो। रंगशालामा करिब ७ हजार समर्थकको उपस्थिति थियो। नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । यस्तै नेपालले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जीत… पुरा पढौ

यु-२३ राष्ट्रिय भलिबलको प्रारम्भिक छनोटमा गलकोटका केसी छनोट

यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले गरेको प्रारम्भीक छनोटमा गलकोटका युवा खेलाडि रवि केसी छनोट भएका छन् । नेपाल भलिबल संघले बंगलादेशको ढाकामा पुस पहिलो साता आयोजना हुने काभा यू २३ पुरुष भलिबल च्याम्पियनसिपका प्रारम्भिक चरणमा छनोटमा परेका २० खेलाडी सूचि सार्वजनिक गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । काभा यू-२३ च्याम्पियनसिप ढाकामा पुस ५ देखि १२ गतेसम्म हुँदैछ । बन्द… पुरा पढौ

आसन्न कतार विश्वकपमा देखिने छन अहिलेसम्मका विश्वकपमा नदेखिएका दुर्लभ दृश्य

कतारमा हुन लागेको २२ औँ संस्करणको विश्वकप फुटबलको दिनगन्ती सुरु हुन थालेको छ । आगामी मंसिर ४ अर्थात नोभेम्बर २० बाट सुरु हुने फुटबलको महाकुम्भ मेलामा यसपाली केही फरक दृश्य देखिँदैछ । उसो त दर्शकहरुले विगतका संस्करणमा भन्दा विल्कुल फरकपन पाउनेछन् । पहिलो नम्बरमा पर्छ, महिला रेफ्री । विगतका वर्षहरुमा फिफा पुरुष विश्वकपमा पुरुष रेफ्रीमात्र हुन्थे । यद्यपि, यसपालीबाट महिला रेफ्रीलाई पनि मैदानमा देखिनेछ । यस प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ । तीमध्ये तीनजना महिला (यामाशिता योशिमी, सलिमा… पुरा पढौ

बलात्कार मुद्दामा सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश

नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको बताए । ‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ सूचना अधिकारी दाहालले भने । वरिष्ठ… पुरा पढौ