खेलकुद

क्रिकेटर सन्दीप २० गते नेपाल फर्कने 

नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२०असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सञ्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथिआरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार… पुरा पढौ

बंगलादेशविरुद्ध नेपालको सानदार जित, अन्जनको ह्याट्रिक

नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३–१ ले विजयी भएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।   सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए । खेलको… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछानेलाई खोज्न १३५ देशमा इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका  अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।  नेपाल प्रहरीको आग्रहमा डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।  क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका बेला बलात्कारको आरोप लागेका सन्दीप हालसमम नेपाल बाहिर नै छन् ।  आइतबार रातिमात्र सन्दीपले सामाजिक सञ्जालबाट आफूमाथि झुटो जाहेरी परेको बताएका थिए… पुरा पढौ

आफ़नो सम्मानपूर्वक बाँच्न पाउने र गोपनीयताको हक कुण्ठित पारिदिएको क्रिकेटर सन्दीप लामिछानेको दुखेसो, छिट्टै नेपाल आउने जानकारी

काठमाडौं नाबालिग किशोरीमाथि बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्कने तयारीमा रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सन्दीपले दोस्रो पटक नेपाल फर्किने प्रतिबद्धता जनाएका हुन्। यसअघि पनि सन्दीपले आफू चाँडै नेपाल फर्कने बताएका थिए। तर त्यसपछि एकाएक सम्पर्कविहीन भएका थिए। घटना बाहिरिँदा नेपालबाहिर थिए। उनले आफूविरुद्ध जाहेरी परेको भदौ २२ गते थाहा पाएको उल्खेख गरेका छन्। झुटा रुपमा एकपक्षीय रुपमा चरित्रमै आँच आउनेगरी समाचार सम्प्रेषण भएको पनि सन्दीपले आरोप लगाएका छन्।   https://m.facebook.com/story.php?story_fbid=pfbid0WaGvmaasH7hSoK4VaJav6d3TfUUCoBhoLxTmZogzDvQ4yFXJt9ZiXQ2K5EAb43hyl&id=100044578352910… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा, क़ानूनी परामर्शमा व्यस्त

काठमाडौँ- नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको बुझिएको छ। स्रोतका अनुसार उनी सिंगापुरमा कानुनी परामर्श गरिरहेका छन्। सिंगापुरमा कानुनी परामर्शपछि उनी नेपाल आउने बुझिएको छ।घटनापछि तनावमा रहेका सन्दीपले नेपालबाट गएका वकिलहरुसँग कानुनी परामर्श गरिरहेका छन्। पुरा पढौ

नेपालले भारतलाई हराउदै साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनलमा

साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो । उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ। भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता… पुरा पढौ

डेनमार्कका नेपालीविच म्याराथन हुदै

कोपनहेगन, १३ सेप्टेम्बर । डेनमार्कको राजधानी कोपनहेगनमा रहेका नेपालीहरुविच मैत्रीपूर्ण म्याराथन (लामो दुरीको दौड) हुने भएको छ । ‘दौड़को मस्ती, ज़्यानमा तन्दुरुस्ती’ भन्ने मुल नारा सहित कोपनहेगन नेपाली म्याराथन हुने भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको आयोजनामा सेप्टेम्बर १७ तारिखका दिन ५ किलोमीटरको म्याराथन कोपनहेगनको बेलाहोय खेल मैदानको बिशाल पोखरी पार गरी पुरा हुनेछ । नेपाली समाजविच भावानात्मक, सामाजिक एकता तथा शारीरिक स्वास्थ्य र तन्दुरुस्तीसम्बन्धी जन चेतनाको अभिवृद्धि गराउने उद्देश्यले म्याराथन हुन् लागेको हो । पुरुष, महिला… पुरा पढौ

प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिएको घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा बसेका थिए ।  उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।  पुरा पढौ

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्कंदै

नाबालिग बलात्कार आरोप लागेपछि निलम्बनमा परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्कंदै छन् । गत साता सन्दीपमाथि १७ वर्षीय किशोरीले बलात्कार आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएपछि सन्दीप क्यारेबियन प्रियिमर लिग बीचमै छाडेर नेपाल फर्कन लागेका हुन् । सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ । पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ । सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले एक होटलमा लगेर आफूमाथि पटक–पटक जबर्जस्ती करणी… पुरा पढौ

निलम्बित कप्तान सन्दीप लामिछाने स्वदेश फर्किदै, भन्छन्- निर्दोष छु, कानुनी लडाइको सामना गर्छु

बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन्। सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर केही दिनमा स्वदेश फर्कने जानकारी दिएका हुन् । आरोप निराधार भएको भन्दै उनले कानुनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्। ‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सीपीएल छाडेर केही दिनमै नेपाल फर्कँदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु। आशा छ कि… पुरा पढौ