क्रिकेटर सन्दीप लामिछानेलाई खोज्न १३५ देशमा इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी 

-


     जनहित न्युज    
     असाेज ११ गते २०७९


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका  अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । 

नेपाल प्रहरीको आग्रहमा डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् । 

क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका बेला बलात्कारको आरोप लागेका सन्दीप हालसमम नेपाल बाहिर नै छन् । 

आइतबार रातिमात्र सन्दीपले सामाजिक सञ्जालबाट आफूमाथि झुटो जाहेरी परेको बताएका थिए । साथै उनले आफू चाँडै नेपाल आएरका कानुनी लड्ने बताएका थिए ।

तर, उनी क्यान, प्रहरीसहित नेपालका अधिकारीहरूसँग सम्पर्कमा छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?