खेलकुद

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले तेस्रो रनिङ कप भलिबल प्रतियोगिता जुन १ तारिक

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ। बाग्लुङ जिल्लाको गल्कोटमा अबस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहि विशेषतः हिन्दू धर्मावलम्बीहरूले त्यस ठाउमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामु थापा काजीले बताए । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा जुलाई ६ मा प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता गरिने

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई ६ तारिक बुधबारका दिन जापानमा खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, समवर्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

जिम्बावे ‘ए’ माथि नेपालको ९ विकेटको शानदार जित, श्रृङ्खला बराबरीमा

काठमाडौँ- जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो ।  जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब जापानद्वारा खेलाडीको प्रोत्साहनका लागि जुत्ता हस्तान्तरण 

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले शुक्रबार एक कार्यक्रमका बिच खेलाडीहरुलाई जुत्ता हस्तान्तरण गरेको छ ।  कार्यक्रममा बोल्दै गलकोट नगर खेलकुद विकास समितिका संयोजक योगेश भण्डारीले गलकोटलाई भलिबल खेलको हवको रुपमा विकास गर्ने बताए । उनले गलकोटबाट उत्पादन भएका खेलाडीहरुले भलिबल खेल मार्फत गलकोटलाई देश विदेशमा समेत चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्ने विभिन्न संघ संस्थाहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । भण्डारीले खेल क्षेत्रमा अनुशासनको विशेष महत्व हुने भन्दै सम्पुर्ण खेलाडीहरुलाई अनुशासनपूर्वक आफ्नो खेल प्रर्दशन गर्न आग्रह गरेका… पुरा पढौ

गलकोट स्पोर्टस् क्लव टोकियो जापानको भलिबल प्रतियोगिता सम्पन्न,गलकोट समाज बन्यो च्याम्पिएन

गलकोट स्पोर्टस् क्लव टोकियो जापानले क्लवको आठौ वार्षिकोत्सव तथा नेपाली नया वर्ष २०७९ को अबसरमा आयोजना गरेको सातौ सिल्वर कप रनिङ्कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सोमवार टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१ हिगासी कामता (Ota-ku Sports Center
1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा सम्पन्न प्रतियोगितामा प्रथम स्थान प्राप्त गल्कोट समाज जापानले तीन लाख दश हजार येन नगद सहित मेडल,प्रमाण पत्र र सिल्वर कप प्राप्त गरेको थियो भने उप विजेता तल्लो लमाइ समाज जापानले दुई लाख दश हजार येन नगद सहित प्रमाण पत्र मेडल र… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब जापानद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२२ आज कामतामा हुदै, यस्तो छ गेम सेड्युल

गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२२ को तयारी पुरा भएको छ ।स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्चको १८ तारिक अर्थात् सोमबारका दिन टोकियोको ओटाकु सोउगो ताइइकुकानमा हुन लागेको प्रतियोगिताको गेम सेड्युल सार्वजनिक गरिएको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।सार्वजनिक गरिएको सेड्युल अनुसार प्रतियोगितामा ११ समूहको सहभागिता रहेको जस अनुसार ताराखोला समाज जापान र तल्लो लमाइ… पुरा पढौ

कालिका कपको फाईनलमा गलकोट समाज जापान  

चैत शुक्ल पक्षमा मनाइने चैतेदशै पर्व चैतेदशैको अवसरमा बागलुङमा आयोजित कालिका कप खुल्ला भलिबल प्रतियोगितामा गलकोट समाज जापान फाईनलमा प्रवेश गरेको छ ।  कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशै मेलाको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा सोमबार पर्वत स्पोट्स क्लबलाई पराजित गदैं गलकोट समाज जापान फाईनलमा प्रवेश गरेको हो ।  सेमिफाईनलमा पर्वत स्पोट्स क्लवलाई गलकोट समाज जापानले ३–१ मो सेटमा पराजित गरेको हो । खेलको दोस्रो तेस्रो पाँचौ सेटमा क्रमश २८–२६, २५–१८ र १५– १२ को सेटमा जित… पुरा पढौ

घुम्टेको काख मल्ममा परम्परागत होली मेला

खेलकूद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने निर्णय गरेको छ । होली पूर्णिमा मेलामा खुल्ला कृषि मेला प्रदर्शनी, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको… पुरा पढौ

३ लाख राशीको सभापोखरी रनिङशिल्डको उपाधी चुम्यो एनआरएनए कान्साईले

सभापोखरी गाँउपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरिय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगितामा एनआरएनए जापान ओसाकाले उपाधी चुम्न सफल भएको छ। सोमबार सभापोखरी रंगशाला बाह्रबिसे संखुवासभामा भएको फाइनल खेलमा एनआरएन जापान ओसाकाले ३–० को सोझो सेटमा षडानन्द नगरपालिका भोजपुरलाई पराजित गदैं उपाधी बिजेता बनेको हो । गलकोट नगरपालिकाका खेलाडिलाई आवद्ध गरेको एनआरएनए ओसाका जापानले फाइनलमा षडानन्द नगरपालिका भोजपुरलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा पराजित गदैं उपाधी जितेको हो । १० समुहको सहभागिता रहेको प्रथम सभापोखरी अन्तरपालिका स्तरिय पुरुष… पुरा पढौ

३ लाख बढि नगद पुरस्कार राशीसहित गलकोट स्पोर्ट्स क्लब जापानले अप्रिल १८ मा सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ ।स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिए ।नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा संचालन गरिदै आएको… पुरा पढौ