
चैत शुक्ल पक्षमा मनाइने चैतेदशै पर्व चैतेदशैको अवसरमा बागलुङमा आयोजित कालिका कप खुल्ला भलिबल प्रतियोगितामा गलकोट समाज जापान फाईनलमा प्रवेश गरेको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशै मेलाको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा सोमबार पर्वत स्पोट्स क्लबलाई पराजित गदैं गलकोट समाज जापान फाईनलमा प्रवेश गरेको हो ।
सेमिफाईनलमा पर्वत स्पोट्स क्लवलाई गलकोट समाज जापानले ३–१ मो सेटमा पराजित गरेको हो । खेलको दोस्रो तेस्रो पाँचौ सेटमा क्रमश २८–२६, २५–१८ र १५– १२ को सेटमा जित निकाल्दै गलकोट फाईनलमा प्रवेश गरेको हो ।
पर्वतले पहिलो र चौथो सेटमा २५–२३, २५–२१ को सेटमा जित निकालेपनी अन्य सेटमा जित निकाल्न सकेन्
गलकोट नगरपालिकाका खेलाडिहरु आवद्ध गरेको गलकोट समाज जापानले आजै फाईनलमा मोटरहेड छन्त्यालसंग प्रतिस्प्रर्धा गर्ने छ ।
१७ समुहको सहभागिता रहेको प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडि आवद्ध गरेको मोटरहेड छन्त्याल पहिलो सेमिफाईनलमा कालिका युथ क्लब रेशलाई पराजित गदैं फाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको उपाधी बिजेताले ३ लाख कालिका कप मेडल र प्रमाणपत्र, उपाबिजेताले १ लाख ५० हजार तृत्तिय हुनेले ५० हजार र सान्तवना हुने समुहले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । कालिका कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले १० हजार प्राप्त गर्ने छन् ।



