घुम्टे युवा परिवार जापानद्वारा जुलाई ६ मा प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता गरिने

- क्लबद्वारा प्रकाशित भित्तेपात्रो सार्वजनिक

-


     जनहित न्युज    
     वैशाख २८ गते २०७९


घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई ६ तारिक बुधबारका दिन जापानमा खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, समवर्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।
घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न शाखाले आवश्यकता देखेकोले प्रतियोगिताको आयोजना गरिन लागेको अध्यक्ष थापाले बताए ।
उनका अनुसार प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागीता रहनेमा विश्वस्त रहदै भने-“प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौ ।“
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख १० हजार नगदसहित सिल्भर रनिङ कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख १० नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५१ हजारसहित प्रमाणपत्रको पुरस्कार रहेको छ । प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि पुरस्कार प्रदान गरिने छ ।सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार तोकिएको छ । भने खेल तोदा स्पोर्ट सेण्टर साइतामाको खेल मैदानमा हुने छ । खेल प्रतियोगिताको टाईसीट जुलाई ५ तारिक ५ बजे सार्वजनिक गरिने खेल संयोजक मनोज केसीले बताए ।
क्लबद्वारा प्रकाशित भित्तेपात्रो सार्वजनिक
घुम्टे युवा परिवार जापानद्वारा प्रकाशित विस २०७९ र सन २०२२ /२०२३ को भित्तेपात्रो सोमबार एक कार्यक्रमका बिच नेपाल र जापानमा एकैपटक सार्वजनिक गरिएको छ ।

गलकोट नगरपालिका वार्ड नम्बर ७ र गलकोट क्षेत्रका एतिहासिक, धार्मिक क्षेत्र, शैक्षिक संस्था, पर्यटकीय क्षेत्र हरूको तस्वीर संकलन गरि सो क्षेत्रको चिनारी र संग्रह गर्न सहज होस भन्ने उद्देश्यले भित्तेपात्रो प्रकाशन गरिएको संस्थाले जनाएको छ ।
भित्तेपात्रोमा संकलित तस्विरले भावी पुस्तालाई हाल रहेका क्षेत्रहरूको बारेमा जानकारी राख्न र अध्ययन अनुसन्धान गर्न समेत सहयोग पुग्ने विश्वास क्लबका अध्यक्ष दिनेश थापाले व्यक्त गरे ।
जापानमा पात्रो सार्वजनिक कार्यक्रममा शाखाका संरक्षक दिलबहादुर थापा रामुले सामाजिक सेवाका कार्यका साथमा आफ़नो जन्मभूमिको बारेमा जानकारी दिन सजिलो होस भन्नका लागि पात्रो प्रकाशन गरेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

सो कार्यक्रममा सल्लाहकार खगराज गौतम, राज थापा कार्यसमितिका पदाधिकारीसहितको उपस्थिति रहेको थियो । कार्यक्रम अध्यक्ष दिनेश थापाको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?