खेलकुद

बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु

बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । पावर फिटनेस क्लब तथा हाईकर्स युनाईटेड बागलुङको संयुक्त आयोजनामा प्रतियोगिताको पहिलो दिनको खेल समापन भएको छ ।उक्त प्रतियोगिताको लागि १६ विद्मालयको सहभागीतामा प्रतियोगिता संचालन भईरहेको हाईकर्स युनाईटेड बागलुङका कार्यक्रम संयोजक प्रवेश शर्माले जानकारी दिनुभयोे ।खेलमा सहभागि विद्मालयका १२ कक्षा भित्रका विद्मार्थीहरुको सहभागिता रहेको पावर फिटनेस क्लबका बरदान थापाले बताउनुभयो ।प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने… पुरा पढौ

फस्ट डाइमण्ड कप २०२२ को पहिलो उपाधि अल स्टार एफसि टोकियोले जित्न सफल

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद' भन्ने नाराका साथ गत अगस्ट ७ तारिख आइतबार को दिन नारितामा फस्ट डाइमण्ड कप २०२२सम्पन्न भएको छ ।२६ टिम सहभागी फुटसल प्रतियोगितामा काभ्रेली समाज जापानलाइ २ -१ गोलको अन्तरले पछि पार्दै अल स्टार एफसि टोकियोले पहिलो उपाधि जित्न सफल भएको छ ।टुर्नामेन्टमा दोस्रो स्थान काभ्रेली समाज जापान र तेस्रो स्थान लमजुङ कालिका एफ सि भएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अल स्टार एफसि टोकियोलाइ ५ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी… पुरा पढौ

ट्रान्स अमेरिकन कराते एसोसिएसन अफ अमेरिका (टास्क) र ग्लोबल नेपाली कराते संगठन (गिन्को) को ‘रेफ्री रिफ़्रेसर ट्रेनिङ ‘ सम्पन्न

ट्रान्स अमेरिकन कराते एसोसिएसन अफ अमेरिका (टास्क) र ग्लोबल नेपाली कराते संगठन (गिन्को) को समन्वय निर्देशनमा पेन्सिलभेनिया राज्यको पिटसबर्ग सहरमा ५ दिने कराते खेल कार्यक्रम भव्यताका साथ गत १० तारिक सम्पन्न भयो lउक्त कार्यक्रममा गिन्को एबम टास्क सहभागीहरुले जापानिज गुरु स्वर्गीय हिरोमासा तानाकाका उत्तराधिकारी सेन्सेइ केंजिरो ओएडाबाट ६ दिन करातेका परम्परागत कला एबम काता सम्बन्धित प्रशिक्षण लिएका थिए l ६ तारिकका दिन टास्कका खेलाडी भाइ बहिनीहरूका गुरु केंजिरो ओयडाको निर्देशनमा गिन्कोका सल्लाहकार वरिष्ठ प्रशिक्षक सुधिरनाथ नेवाले काता ,कुमिते प्रशिक्षण गिन्को… पुरा पढौ

स्कटल्याण्डमाथि नेपालको सानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हात पारेको छ। ग्लास्कोमा जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा  ५ विकेट गुमाएर भेट्टायो । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका… पुरा पढौ

घुम्टे युवा परिवार जापानको प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधि गलकोट समाज जापानले चुम्यो

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधि गलकोट समाज जापानले चुमेको छ ।जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो । जापानमा हुने खुला पुरुष भलिबल प्रतियोगिता मध्यमा अत्यन्त शान्त र विवादरहित ढंगले सम्पन्न भएको उक्त प्रतियोगितामा उपाधी जित्ने गलकोट समाज जापानले नगद ३ लाख १० हजार रनिङ… पुरा पढौ

राजु विदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?

बागलुङ । अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो । भलिबल करियरलाई बीचमै त्यागेर उनी यसै साता युरोपेली देश क्रोएसिया पुगेका छन् । खेलमा भविष्य असुरक्षित देखेका २५ वर्षीय विकले रोजगारीका लागि देश छाडेका… पुरा पढौ

कतारमा नोभेम्वर २१ बाट हुने विश्वकप फुटबलको नेपाली समय तालिका सार्वजनिक 

कतारमा हुने विश्वकप फुटबल २०२२ को समूह टुङ्गो लागि सकेको छ । विभिन्न ८ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकपक छनोटको फुटबलमा ‘ग्रुुप अफ डेथ’ ‘ई’ रहेको छ ।  कतारको राजधानी दोहामा हुने प्रतियोगिता नोभेम्वर २१ बाट सुरु हुने छ । पहिलो खेलमा सेनेगल र नेदरल्यान्ड्स भिड्नेछन् । यद्दपी उद्धघाटन खेल कतार र इक्युडरबीच हुनेछ ।  यस्ता छन् समूह चरणसमूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्ससमूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबियासमूह ‘डी’… पुरा पढौ

वसन्त गौचनले टोकियो लिगको युथ टोली सम्हाले

नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबलर, प्रशिक्षक बसन्त गौचनले टोक्योमा अवस्थित चोफुओच्का सकर क्लबको युथ टोली सम्हालेका छन् । चोफुओच्काले युथमा टोकियोको टी लिग खेल्छ । कोभिड–१९ का कारण यसपटक ढिला गरी यो लिग सुरु भएको छ ।गौचनका अनुसार अप्रिल देखि टी लिग सुरु भइसकेको छ । चोफुओच्काले तीन खेल खेलिसकेको छ । एक खेल जितेको, एक खेल हारेको, एक खेल बराबरीमा छ । टी लिगमा ६८ टोली छन् र विभिन्न समूह बनाएर वर्ष भरी लिग खेल्ने छ । चोफुओच्काले बसन्तलाई एक… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले तेस्रो रनिङ कप भलिबल प्रतियोगिता जुन १ तारिक

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ। बाग्लुङ जिल्लाको गल्कोटमा अबस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहि विशेषतः हिन्दू धर्मावलम्बीहरूले त्यस ठाउमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामु थापा काजीले बताए । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा जुलाई ६ मा प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता गरिने

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई ६ तारिक बुधबारका दिन जापानमा खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, समवर्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ