
ट्रान्स अमेरिकन कराते एसोसिएसन अफ अमेरिका (टास्क) र ग्लोबल नेपाली कराते संगठन (गिन्को) को समन्वय निर्देशनमा पेन्सिलभेनिया राज्यको पिटसबर्ग सहरमा ५ दिने कराते खेल कार्यक्रम भव्यताका साथ गत १० तारिक सम्पन्न भयो l
उक्त कार्यक्रममा गिन्को एबम टास्क सहभागीहरुले जापानिज गुरु स्वर्गीय हिरोमासा तानाकाका उत्तराधिकारी सेन्सेइ केंजिरो ओएडाबाट ६ दिन करातेका परम्परागत कला एबम काता सम्बन्धित प्रशिक्षण लिएका थिए l

६ तारिकका दिन टास्कका खेलाडी भाइ बहिनीहरूका गुरु केंजिरो ओयडाको निर्देशनमा गिन्कोका सल्लाहकार वरिष्ठ प्रशिक्षक सुधिरनाथ नेवाले काता ,कुमिते प्रशिक्षण गिन्को अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले गरेका थिए उक्त प्रशिक्षण पश्चात रेफ्री तालिमको आयोजना गरिएको थियो । उक्त दिन ६ घन्टे लामो रेफ्री तालिमको संचालन नेपाल करातेका पूर्व प्राविधिक सदस्य, नेपाल रेफ्री काउन्सिलका सदस्य, चिफ राष्ट्रिय रेफ्री प्रशिक्षक, अमेरिकी कराते महासंघका ‘क’ श्रेणीका राष्ट्रिय रेफ्री एवम् विश्व कराते कन्फेडेरेसन रेफ्री, सन् २००० देखि राष्ट्रिय कराते रेफ्री प्रशिक्षक सरोज भट्टराईले गरेका थिए l

कार्यक्रममा टास्क एवम् गिन्कोका उल्लेख्य निर्णायकहरुको सहभागिता रहेको थियो l ७ तारिखका दिन कराते प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पेन्सलभेनिया राज्यका विभिन्न कराते स्कुलका करिब १०० जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक एबम खेल व्यवस्थापनमा (प्रमुख रेफ्री तातामी मेनेजर ) सरोज भट्टराईको भूमिका प्रशंसनीय रहेको थियो भने प्रतियोगिता संचालनमा टास्कका निर्णायकहरुले सफलता पूर्वक खेल सम्पन्न गर्न अहम भूमिका खेलेका थिए l

बिजयी खेलाडीहरुलाई जापानिज गुरु केंजिरो,नेपाल शितोरियु करातेका जन्मदाता गुरु थानेश्वर राई, १९९७ मा मकावोमा भएको औ को ए के एफमा जज परिक्षा उतिर्ण गर्दै एतिहासिक एसियन निर्णायक ,नेपाल करातेका पूर्व महासचिब एबम केन्द्रिय ब्ल्याक बेल्ट प्रशिक्षक कमिटिका अध्यक्ष विशिष्ट प्रशिक्षक आनन्दु लामा थिङ्ग, वरिष्ठ प्रशिक्षक सुधिरनाथ नेवा, टास्कका प्रमुख प्रशिक्षक टिआरराई, कार्यक्रम प्रायोजक समाजसेवी, उद्योगी मेख सुबेदी र सरोज भट्टराईले खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए l
८ तारिकका दिन गुरु केंजिरो ओएडाले बिशेष तालिम सहित काता, कुमिते प्रशिक्षण गराउदै ९ तारिखका दिन विधिवत बेल्ट प्रमोसन परिक्षा लिएका थिए । परिक्षामा १ डान, २ डान, ३ डान, ४ डान, ५ डान र ६ डानका लागि करिव १५ जना बरिष्ठ र कनिष्ठ गुरुहरुको सहभागिता रहेको थियो l

ब्ल्याक बेल्ट ६ डान परिक्षा दिनेहरुमा आनन्दु लामा थिङ्ग, गिन्कोका अध्यक्ष सुरेन्द्र लाल श्रेष्ठ ,महासचिब सरोज भट्टराई , रहेका थिए भने ५ डान परिक्षामा वरिष्ठ प्रशिक्षक सुधिरनाथ नेवा , टास्कका प्रमुख टिआर राई रहेका थिए l
यसैगरी ४ डानका लागि क्रमश प्रशिक्षक टिलाचन धिमाल, अशोक गुरुङ, पूर्ण सिंह तामांग, भिम थापा यधु कुइकेल र २ डानका लागि क्रमशः एमबी राई , श थापा , उपेन्द्र कुइकेल अन्त्यमा १ डानका लागि सुनिल महर्जन सहभागी रहेका थिए l

१० तारिखका दिन टास्क एबम गिन्को द्वारा कराते खेलमा योगदान पुर्याएका नेपाल करातेका जन्मदाता थानेश्वर राई, जापानिज कराते गुरु केंजिरो ओएडा, गिन्कोका केन्द्रिय सल्लाहकार प्रकाश बहादुर सिंह , आइ टि सल्लाहकार निर्मल सेडाई एबम कार्यक्रम प्रायोजक समाजसेवी मेख सुबेदीलाइ गिन्को अध्यक्ष सुरेन्द्र लाल श्रेष्ठ महासचिब सरोज भट्टराई र टास्कका प्रमुख प्रशिक्षक कार्यक्रम आयोजक कमिटिका अध्यक्ष टि आर राई लगाएतले दोसल्ला ओडाई सम्मान तथा कदरपत्र प्रदान गरेका थिए l

कार्यक्रममा विभिन्न बक्ताहरुले शुभकामना ब्यक्त गर्दै खेलाडीको उज्ज्वल भविष्यको कामना गरेका थिए भने कार्यक्रममा उद्योगी मेख सुबेदीले संसार भरि रहेका नेपालीहरुको बृहत कराते प्रतियोगिता आयोजना नेपालमा गर्न सुझाब दिदै प्रायोजन समेत गर्ने उद्द्घोस गरेका थिए l
सरोज भट्टराईले बिजयी खेलाडीहरुलाइ बधाई दिदै आयोजक प्रायोजकहरुको आथित्य सत्कारको प्रशंसा गरेका थिए । ग्लोबल नेपाली कराते संगठनका अध्यक्ष आठौँ साफ खेलका स्वर्ण पदक बिजेता लगाएत दर्जनौं राष्ट्रिय खेल प्रतियोगिताका स्वर्ण पदक जित्दै विभिन्न अन्तराष्ट्रिय खेलमा समेत पदक जितेर विश्व शितोरियु प्रतियोगिताको समूह कुमिते विधाका कास्य पदक बिजेता सुरेन्द्र लाल श्रेष्ठले आफ्नो मन्तब्यका क्रममा ट्रान्सअमेरिकन कराते एसोसिएसन अफ अमेरिकाका प्रमुख प्रशिक्षक टि आर राई लगाएत सम्पूर्ण प्रशिक्षक , खेलाडीहरु एबम कार्यक्रमको शोभा बढाउन विभिन्न क्षेत्र सहभागी भएका बुद्दिजिवि तथा कार्यक्रमलाइ सफलता पूर्वक सम्पन्न गर्न विविध क्षेत्रबाट सहयोग गर्ने हरुलाई धन्यबाद व्यक्त गरेका थिए l

सम्मानित भएका गुरुहरु क्रमस थानेश्वर लाई एबम जापानिज गुरु केंजिरोले समेत सम्मानित हुन पाउदा खुसि ब्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति ट्रान्स अमेरिकन शितोरियु कराते एसोसिएसन अफ अमेरिकाका प्रमुख प्रशिक्षक टि आर राईले धन्यबाद ब्यक्त गरि कार्यक्रम समापनको घोषणा गरेका थिए भने अन्तिम दिन १० तारिकका दिन विभिन्न सांस्कृतिक नांच गान सहित बनभोज तथा बिदाइ कार्यक्रम आयोजना गरि गुरुहरुलाई बिदाइ गरिएको थियो l





