फस्ट डाइमण्ड कप २०२२ को पहिलो उपाधि अल स्टार एफसि टोकियोले जित्न सफल

-


     फुर्वा शेर्पा     
     श्रावण २५ गते २०७९


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ गत अगस्ट ७ तारिख आइतबार को दिन नारितामा फस्ट डाइमण्ड कप २०२२सम्पन्न भएको छ ।
२६ टिम सहभागी फुटसल प्रतियोगितामा काभ्रेली समाज जापानलाइ २ -१ गोलको अन्तरले पछि पार्दै अल स्टार एफसि टोकियोले पहिलो उपाधि जित्न सफल भएको छ ।
टुर्नामेन्टमा दोस्रो स्थान काभ्रेली समाज जापान र तेस्रो स्थान लमजुङ कालिका एफ सि भएको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अल स्टार एफसि टोकियोलाइ ५ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र दोस्रो स्थान हासिल गर्न सफल काभ्रेली समाज जापान२ लाख २२ हजार २२२ येनसहित ट्रफी मेडल र प्रमाणपत्र र प्रदान यसैगरी तेस्रो स्थान हासिल गर्न सफल लमजुङ कालिका एफ सिलाई ५३ हजार ३३३ येनसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

यसैगरी प्रतियोगिताको अनुशासित टिम तर्फ सिजोओका युनाइटेड क्लव, बेस्ट प्लेयर तर्फ काभ्रेली समाज जापानका रजिन पाण्डे , बेस्ट डिफेन्सर तर्फ लमजुङ कालिका एफ सिका अर्जुन गुरुङ ,बेस्ट किपर तर्फ अल स्टार एफसि टोकियोका प्रवीन घर्ती मगर र सर्वाधिक गोलकर्ता तर्फ डायमण्ड नारिताका नवीन कामत उपाधि जितेका थिए ।

अनुशासित टिमको उपाधि जितेका सिजोओका युनाइटेड क्लवलाइ २११११येनको साथमा ट्रफी , उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्ता १० १० हजार येन प्रदान गरिएको थियो ।

जापानमा रहेका नेपालीहरुबीच भाइचारा, मेलमिलाप र आपसी सद्भावलाई अझ प्रगाढ बनाउनका लागि पहिलो पटक नारितामा जापानव्यापी फुटसल प्रतियोगिता आयोजना गरेको आयोजक संस्थामा अध्यक्ष नवीन दीप गुरुङले बताउनुभयो । उनकाअनुसार नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले आयोजित प्रतियोगितामा स्थानीय कलाकारहरूको नृत्य पनि प्रस्तुत भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?