खेलकुद

नेपाल भलिबल संघ जापान शाखाको अधिवेशन नोभेम्बर २२ मा हुने

नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवार हुने भएको छ। सन २०१७ सालमा स्थापना भएको नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बकर २२ तारिक मंगलवारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा गरिने निर्णय मंगलबार सम्पन्न बैठकले गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए। अधिवेशनलाई सफल पार्नका लागि साथै कुशल नेतृत्व चयन गर्नका लागि नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गुरुङको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा… पुरा पढौ

दोस्रो गलकोट महोत्सवमा आयोजित भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले चुम्यो

“ड्रिम टिम गलकोट” द्वारा आयोजित दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव - २०७९ मा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ । निसिखोला गाउपालिकासँग भएको फाइनल खेलमा प्रतिस्पार्धत्मकसहित सोझो तीन सेटको जित निकाल्दै क्लव प्रथम हुन सफल भै २ लाख ११ हजार नगदसहित ट्रफी,मेडल सहित प्रमाण पत्र हात पार्न सफल भएको हो । प्रतियोगितामा सहभागी टिमलाई डवल लिंग सिस्टमबाट खेल खेलाईएको थियो । प्रतियोगितामा विजयी गल्कोट स्पोर्टस् क्लव टोकियो जापान संगै,बोहोराफाँट समाज जापान,नुवाकोट समाज… पुरा पढौ

आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको क्रिकेटर सन्दीप लामिछानेको दाबी

बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । अधिवक्ता घिमिरेका अनुसार सन्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी… पुरा पढौ

पञ्चदिप युवा क्लब चितवनले नकआउट फुटबल प्रतियोगितामा प्रथम हुदै इतिहास रच्यो

पञ्चदिप युवा क्लब, रत्ननगर चितवन प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएको छ। फाईनल खेलमा समेत उत्कृष्ट खेल खेल्दै ल्कवले पहिलो हुँदै ट्रफी ,मेडल र नगद २ लाख २२ हजार २ सय २२ रुपयाँ प्राप्त गर्यो। सेमिफाइनल खेलमा कालिका ५ लाई ०–२ ले हराउँदै पञ्चदिप युवा ल्कव फाईनलमा पुगेको थियो। चितवनको कालिका–१ स्थित गडुवा खेलमैदानमा सम्पन्न फाइनलमा पञ्चदिपले रोयल जिप सुर्यपुर एफसीलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।बिजया दशमीको अवशरमा लालीगुराँस टोल विकास… पुरा पढौ

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ, “ठूलो षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु ।”सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।  कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । सन्दीप आउने खबरपछि उनलाई पक्राउ गर्न  विमानस्थलमा ठूलो संख्यामा प्रहरी परिचालित भएका थिए । पक्राउ परेका सन्दीपले रुमालले हतकडी छोपेका थिए । सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका  थिए । … पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता-२०२२ को आयव्यय सार्वजनिक, २५ लाख बढि खुद नाफा गर्न सफल

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरिएको छ ।जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा कुल ४० लाख २९ हजार ६६६ येन आम्दानी १५ लाख ३ हजार ५७८ कुल खर्च र कार्यक्रमबाट २५ लाख २६ हजार ८८ खुद बचत भएको संस्थाका कोषाध्यक्ष विष्णु थापाले सोमबार सम्पन्न बैठकमा जानकारी गराए । खेलकूद कला र संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मान्यताका साथ… पुरा पढौ

खेलकुद, कला, संस्कृतिको संरक्षण आवश्यक: उपमेयर निउरे

गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न सामाजिक संघ संस्थाहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन । खड्ग कालिका युवा कल्व गलकोट नगरपालिका वडा ९ बाँसखोलाको ३३ औं वार्षिकोत्सव तथा बडा दशै मेलालाई सम्वोधन गर्दै उपमेयर निउरेले हाम्रा परम्परागत चाडपर्व, रितिरिवाज परम्पराहरुमा मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।  प्रतिष्ठित, परिव्यापक समाज, चुनौतिपुर्ण विकास र अनुशाषित खेलकुद हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ बडा दशैं मेला असोज १३ गतेदेखि सञ्चालन गरिएको थियो । मेलाको… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाले गलकोट नगरपालिकाका ११ वटै वार्डमा भलिबल खेलका लागि सामग्री प्रदान गर्यो

गलकोट क्षेत्रमा भलिबल खेलको संरक्षण, सम्वर्धन र खेलाडीको वृत्ति विकासमा सहयोग पुर्याउने उदेश्यले नेपाल भलिबल संघ गलकोट नगर समिति अन्तर्गतका ११ वटै वडाका समितिहरूलाई घुम्टे युवा परिवार जापान शाखाले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । परदेशमा रहेर पनि विशेषतः भलिबल खेलको विकास र जापानमा रहेका खेलाडीलाई सो खेलप्रति सक्रिय बनाईराख्न आफ्ना क्रियाकलापहरू गर्दै आइरहेको जापान शाखाले जन्मभूमिको पालिकामा खेलकूदप्रति चासो जगाई राख्न र खेलाडीहरूको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि रु १ लाख ५० हजार बराबरको खेलकुद सामाग्री सो समितिलाई सहयोग… पुरा पढौ

क्रिकेटर सन्दीप २० गते नेपाल फर्कने 

नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२०असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सञ्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथिआरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार… पुरा पढौ

बंगलादेशविरुद्ध नेपालको सानदार जित, अन्जनको ह्याट्रिक

नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३–१ ले विजयी भएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।   सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए । खेलको… पुरा पढौ