पञ्चदिप युवा क्लब चितवनले नकआउट फुटबल प्रतियोगितामा प्रथम हुदै इतिहास रच्यो

-


     जनहित न्युज    
     असाेज २१ गते २०७९


पञ्चदिप युवा क्लब, रत्ननगर चितवन प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएको छ। फाईनल खेलमा समेत उत्कृष्ट खेल खेल्दै ल्कवले पहिलो हुँदै ट्रफी ,मेडल र नगद २ लाख २२ हजार २ सय २२ रुपयाँ प्राप्त गर्यो। सेमिफाइनल खेलमा कालिका ५ लाई ०–२ ले हराउँदै पञ्चदिप युवा ल्कव फाईनलमा पुगेको थियो।

चितवनको कालिका–१ स्थित गडुवा खेलमैदानमा सम्पन्न फाइनलमा पञ्चदिपले रोयल जिप सुर्यपुर एफसीलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।बिजया दशमीको अवशरमा लालीगुराँस टोल विकास संस्था, गडुवा, चितवनको आयोजनामा सम्पन्न प्रतियोगिताको उपविजेता रोयल जिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । दुबै फुटवल टिममा देशकै राष्ट्रिय खेलाडीहरुको वचश्व रहेको र बिदेशी खेलाडी पनि समावेश गरिएकोले खेल हेर्ने दर्शकहरु भिड देखिन्थ्यो ।

सामाजिक गतिविधी संगै पञ्चदिप युवा ल्कव, रत्ननगर १२ चितवन फुटवल र भलिवल प्रतियोगितामा नाम चलेको ल्कव हो। बिगत लामो समय देखि ल्कवले सफलता हात पार्न सकेको थिएन। पञ्चदिप युवा ल्कवको हरेक गतिविधीमा कृयाशिल शिलन बरालका अनुसार समाजको हरेक सकारात्मक गतिविधीमा युवा संगठ्ठित हुनु जरुरी रहेको बताउँदै यस्ले आफ्नो मात्र पहिचान नभई समाजकै पहिचान हुने तर्क राख्छन ।

बैदेशिक रोजगारीमा जापान रहेका पञ्चदिप युवा ल्कवका पूर्व खेलाडी तथा प्रशिक्षक राजु बखते आफ्नो टिम प्रतिष्ठित खेलमा बिजय पछि दंङ्ग छन् । आउदो दिनमा पनि ल्कवले आफ्नो साख जोगाई राख्न अझैं मिहेनतको खाँचो छ उनले भने। त्यस्तै पञ्चदिप युवा ल्कवका संस्थापक सचिव एवं पूर्व अध्यक्ष कविकिरण न्यौपानेका अनुसार युवा अवस्था पछि उनीहरूको अध्ययन अनि रोजगारीको निम्ति देश बाहिर पनि जान पर्ने भएकोले यदाकदा ल्कवमा रिक्तता आउने गरेको बताउँछन् । धेरै पछि आफु रहेको ल्कवले सफलता हात पारेकोमा औंधी खुःशी छु , सबै खेलाडी र खेलप्रेमिहरुमा बधाई भन्न चाहान्छु न्यौपानेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?