
“ड्रिम टिम गलकोट” द्वारा आयोजित दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव – २०७९ मा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ ।
निसिखोला गाउपालिकासँग भएको फाइनल खेलमा प्रतिस्पार्धत्मकसहित सोझो तीन सेटको जित निकाल्दै क्लव प्रथम हुन सफल भै २ लाख ११ हजार नगदसहित ट्रफी,मेडल सहित प्रमाण पत्र हात पार्न सफल भएको हो ।
प्रतियोगितामा सहभागी टिमलाई डवल लिंग सिस्टमबाट खेल खेलाईएको थियो । प्रतियोगितामा विजयी गल्कोट स्पोर्टस् क्लव टोकियो जापान संगै,बोहोराफाँट समाज जापान,नुवाकोट समाज जापान, निसीखोला गाउपालिका र बडिगार्ड गाउपालिका सहभागी भएका थिए ।

गल्कोट स्पोर्टस् क्लव टोकियोको तर्फबाट उदय बम मल्ल कोच अफिसियल म्यानेजर गणेश केसी सहित दिपक मल्ल ,रबि केसी ,ईन्द्र बि क,मनोज केसी,बिशाल बिक,रबिन चन्द,सुजन चोखाल,समिर बिक ,चन्द्र बिक को सहभागिता थियो ।
राष्ट्रिय खेलको संरक्षण समवर्धन गर्दै खेलाडीलाई हौसला प्रदान गर्न सकियोस भन्ने ध्येयले क्लबले आफ़नो जन्मभूमिमा आयोजित प्रतियोगितामा सहभागीता जनाएको क्लबका अध्यक्ष डिलाराम निउरेले बताए ।
गलकोटलाई भलिबल खेलको हबको रुपमा विकसित गर्नका लागि आवश्यक योजनासहित क्लबले कार्य गरिरहेको र त्यसैको एक कडीका रूपमा अहिलेको प्रतियोगितामा सहभागी भै सफलता समेत हासिल गरेको क्लबका महासचिव हिमाल कडेलले बताए ।
कृषि, पर्यटन, जलस्रोत, स्थानीय सिप र पूर्वधार, समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने मूल नाराका साथ १२ औ दिनका दिन समापन समारोहमा भलिवल फाईनललाई महोत्सवको मुख्य आकर्षक रुपमा लिएको थियो।



