घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता-२०२२ को आयव्यय सार्वजनिक, २५ लाख बढि खुद नाफा गर्न सफल

-


     जनहित न्युज    
     असाेज १८ गते २०७९


घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरिएको छ ।
जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा कुल ४० लाख २९ हजार ६६६ येन आम्दानी १५ लाख ३ हजार ५७८ कुल खर्च र कार्यक्रमबाट २५ लाख २६ हजार ८८ खुद बचत भएको संस्थाका कोषाध्यक्ष विष्णु थापाले सोमबार सम्पन्न बैठकमा जानकारी गराए ।

खेलकूद कला र संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मान्यताका साथ जापानमा क्रियाशील सो संस्थाले नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वर्धन गर्दै परदेशमा रहेर पनि विशेषतः भलिबल खेलको विकास र जापानमा रहेका खेलाडीलाई सो खेलप्रति सक्रिय बनाईराख्नका लागि रनिङ रूपमा पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने गरि सुरूवात गरिएको सो कार्यक्रममा ५ लाख ५ हजार बोलकबोलको रकम प्राप्त नभएको जानकारी कोषाध्यक्ष थापाले गराए ।
उनका अनुसार संस्थाको सम्पत्तिको रूपमा रहेको २ लाख ८ हजार बराबरको सिल्भर कपसहित कार्यक्रमबाट खुद बचत २७ लाख ३४ हजार ८८ येन भएको छ । सो सिल्भर कपको प्रयोजन संस्थाका उपाध्यक्ष दुर्गा थापाले गरेका थिए ।

भलिबल खेलको संरक्षण, सम्वर्धन र खेलाडीको वृत्ति विकासमा सहयोग पुर्याउने उदेश्यले आयोजित सो प्रतियोगिताको टिम दर्ताबाट २ लाख ८० हजार येन र स्पोन्सरबाट ३७ लाख ४९ हजार ६६६ आम्दानी भएको थियो ।
सन २०१८ मा शाखाको रूपमा स्थापना भएको सो संस्थाले विभिन्न सामाजिक र मानवीय सहायताका क्रियाकलापहरू गर्दै आइरहेको अध्यक्ष दिनेश थापाले बताए ।
गलकोट समाज जापानको हालै सम्पन्न अधिवेशनबाट कोषाध्यक्षमा संस्थाका संरक्षक दिल बहादुर थापा रामु, सदस्य पदमा संस्थाका उपाध्यक्ष दुर्गा थापा र युवा संयोजक प्रकाश केसी निर्वाचित भएकोमा उनीहरूलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।
नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको अध्यक्ष थापाले जानकारी दिए । सो कार्यक्रम संस्थाका अध्यक्ष दिनेश थापाको अध्यक्षता र युवा संयोजक प्रकाश केसीको संचालनमा सम्पन्न भएको थियो ।

सम्पन्न प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो ।
जापानमा हुने खुला पुरुष भलिबल प्रतियोगिता मध्यमा अत्यन्त शान्त र विवादरहित ढंगले सम्पन्न भएको उक्त प्रतियोगितामा उपाधी जित्ने गलकोट समाज जापानले नगद ३ लाख १० हजार रनिङ ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको थियो भने कड़ा चुनौती दिदै उपाधिका लागि भिडेको पर्वत समाजले २ लाख १० हजार ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाऊनु परेको थियो ।
१० टिमको सहभागिता रहेको सो प्रतियोगितामा फ़ाइनलमा जान कड़ा प्रतिस्पर्धा गरेका NYSC मोना जापान र गलकोट स्पोटर्स क्लबले नगद ५० हजार र प्रमाण पत्र हात पारी सान्त्वनामा मन बुझाऊनु परेको थियो ।
राम्रो र व्यवस्थित व्यवस्थापनका साथ सम्पन्न भएको सो प्रतियोगितामाको जापानमा रहेका नेपाली समुदायले प्रशंसा गरेका थिए ।
साविकको मल्म गाविसलाई आफ़नो कार्य क्षेत्र बनाएर खेलकूदको माध्यमबाट युवाहरूको परिचालन गरि समाजको रूपान्तरण गर्ने मुख्य उद्देश्य सहित गठन गरिएको बागलुङ ज़िल्ला कै पुरानो संस्थालाई जापानमा पनि सोहि उद्देश्य परिपूर्ति गर्ने गरि शिक्षा स्वास्थ्य मानवीय सहयोग र भैपरि आउने अपथ्यारामा सारथि बन्नका लागि योजना बनाई सोहि योजना पुरा गर्न भलिबल प्रतियोगिता गरिएको क्लबका अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?