निलम्बित कप्तान सन्दीप लामिछाने स्वदेश फर्किदै, भन्छन्- निर्दोष छु, कानुनी लडाइको सामना गर्छु

-


     जनहित न्युज    
     भाद्र २४ गते २०७९


बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर केही दिनमा स्वदेश फर्कने जानकारी दिएका हुन् । आरोप निराधार भएको भन्दै उनले कानुनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सीपीएल छाडेर केही दिनमै नेपाल फर्कँदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु। आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ।’ सन्दीपले लेखेका छन्।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो। यसपछि अदालतले बिहीबार मात्रै उनलाई पक्राउ पुर्जी आदेश दिएको छ।

नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाटै बिहीबार निलम्बन गरिसकेको छ।

सीपीएलको सिलसिलामा हाल उनी वेष्ट इन्डिजमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?