गलकोट स्पोर्ट्स क्लब जापानद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२२ आज कामतामा हुदै, यस्तो छ गेम सेड्युल

-


     जनहित न्युज    
     वैशाख ५ गते २०७९


गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२२ को तयारी पुरा भएको छ ।
स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्चको १८ तारिक अर्थात् सोमबारका दिन टोकियोको ओटाकु सोउगो ताइइकुकानमा हुन लागेको प्रतियोगिताको गेम सेड्युल सार्वजनिक गरिएको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।
सार्वजनिक गरिएको सेड्युल अनुसार प्रतियोगितामा ११ समूहको सहभागिता रहेको जस अनुसार ताराखोला समाज जापान र तल्लो लमाइ जापान, गलकोट समाज जापान र कर्नाली समाज जापान, पर्वत समाज जापान र जिडिए जापानका बिचमा प्रतिस्पर्धा हुने बताईएको छ ।
त्यसैगरि आयोजक टिम र बोहोराफाँट समाज, ताराखोला समाज जापान र तल्लो लमाइ जापानको विजयी टिम, गलकोट समाज जापान र कर्नाली समाज जापानको विजयी टिम र एसडब्लुवाईसी जापान र गलकोट समाज जापानका बिचमा क्वाटर फाइनल प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता संचालनका लागि आवश्यक अम्पाएर खेल मैदान लगायतको व्यवस्थापकीय कार्य चुस्तदुरुस्त रूपमा गरिएकोले सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न गरि नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि संरक्षण सम्वर्दन र खेलाडी र खेलको विकासका थप सहयोग पुग्ने क्लबका सचिव दिनेश थापाले बताए ।
विगत ७ वर्षदेखि निरन्तर रूपमा संचालन गरिदै आएको यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र कप र मेडल रहेको र द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल रहेको क्लबका अध्यक्ष निउरेले जानकारी दिए ।
खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पुरा भएका ११ टिमको सहभागिता रहेको र टिममा अफिसियल सहित १२ जना खेलाडी खेलमा सहभागी हुने र प्रतियोगिता संचालनका लागि विभिन्न क्षेत्रबाट उत्साहजनक रूपमा सहयोग प्राप्त भैरहेको महासचिव हिमाल कंडेलले बताए ।
खेलाडीको हौसला र खेलकुदमार्फ़त अनुशासनको संस्कृति विकासका लागि वेष्ट प्लेअर, वेष्ट स्पाइकर, वेष्ट सटर, वेष्ट डिफ़ेन्सर, वेष्ट सर्भिसर सहित ६ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिन लागेको खेल संयोजक गणेश केसीले जानकारी दिए ।
प्रतियोगिता बिहान ९ बजेदेखि संचालन हुने र स्थान 144-0031 Tokyo to Ota ku Sougo Taiikukan 1-11-1 Higasikamata ota city रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?