
गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ।
बाग्लुङ जिल्लाको गल्कोटमा अबस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहि विशेषतः हिन्दू धर्मावलम्बीहरूले त्यस ठाउमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामु थापा काजीले बताए । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको शीरमा आकर्षक शिवको मूर्ति निर्माण गरि स्थापना गरिनका लागि रनिङ कप प्रतियोगिता गरिन लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख दुई हजार दुई सय बाईस यन नगद प्रमाण पत्र,मेडल र रनिंग कप तथा द्वित्तीय १ लाख बहत्तर हजार दुई सय बाईस येन नगद, प्रमाण पत्र,मेडल साथै सान्त्वना पुरस्कार स्वरुप दुई टीमलाई पचास हजार येन नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी पाँच छुट्टाछुट्टै विधाका उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी द्वारा सम्मान गर्ने पनि बताईएको छ । जसमा अन्तरगत बेष्ट प्लेयरलाई १० हजार येन नगद र ट्रफी, बेष्ट स्पाईकर ५ हजार येन नगद र ट्रफी, बेष्ट ब्लकरलाई ५ हजार येन नगद र ट्रफी
बेष्ट डिफेन्सरलाई ५ हजार येन नगद र ट्रफी बेष्ट सटरलाई येन नगद र ट्रफी रहने खेल संयोजक मनोज के सीले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक टिमलाई प्रवेश शुल्क४० हजार येन तोकेको छ यसका लागि समाजको आधिकारिक खातामा मे ३० तारिक दिनको तीन बजेसम्म सो बापतको रकम जम्मा गरिनु पर्ने र त्यसैका आधारमा मे ३१ तारिक टाईसिट प्रकाशन गर्ने समाजका सचिव राम खत्रीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर खेल नक आउट सिष्टम अनुसार नेपाली रेफ्री द्वारा खेलाईने, खेलाडीले स्पष्ट नम्बर खुल्ने जर्सी र स्पोर्ट्स जुत्ताको व्यवस्था खेलाडीले आफै गर्नु पर्ने, खेलमा नेपाली खेलाडी मात्र सहभागी गराउन पर्ने, खेलाडी संख्या अफिसियल सँगै बढीमा १० जनाको हुनु पर्ने, प्रतियोगिता स्थल भित्र मादक पदार्थ सेवन गरी प्रवेश गर्न नपाईने, खेलमा कुनै प्रकारको विवाद आएमा आयोजकको निर्णय नै सर्वमान्य हुने गरि नियमहरू बनाईएको खेल संयोजक केसीले बताए ।
प्रतियोगिता जुन १ तारिक बिहान ९ बजेदेखि Takayokosukamachi Masugata Tokai, Aichi Japan 477-0037 Aki :0wariyosuka Places :Tokai city shimnin ,gymnasium Tel-0562 32 2311 मा संचालन हुने छ।
खेल सम्बन्धी थप विस्तृत जानकारी आवश्यक परेमामनोज के.सी 08058176778, राम थापा-09099208032, भेषनाथ गौतम-09090243037 लाई सम्पर्क गगर्न समेत समाजले आग्रह गरेको छ ।
जापानमा रहने सम्पूर्ण भलिबल प्रेमीहरुलाई खेलाडीहरूलाई खेलमा सहभागी हुन तथा आर्थिक, नैतिक, भौतिक सहयोग गरिदिन समेत समाजका अध्यक्ष राम थापाले अनुरोध गरेका छन।



