क्रिकेटर सन्दीप २० गते नेपाल फर्कने 

-


     जनहित न्युज    
     असाेज १५ गते २०७९


नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२०असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सञ्जालमार्फत बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथिआरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02Qt8o8LbiGEqQ87kxLuJrKgWYhxMFF5vWCWEksq3RfvrSZGy9uD56ZoDNhjyM5b6Pl&id=100044578352910

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?