आफ़नो सम्मानपूर्वक बाँच्न पाउने र गोपनीयताको हक कुण्ठित पारिदिएको क्रिकेटर सन्दीप लामिछानेको दुखेसो, छिट्टै नेपाल आउने जानकारी

-


     जनहित न्युज    
     असाेज १० गते २०७९


काठमाडौं नाबालिग किशोरीमाथि बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्कने तयारीमा रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सन्दीपले दोस्रो पटक नेपाल फर्किने प्रतिबद्धता जनाएका हुन्।

यसअघि पनि सन्दीपले आफू चाँडै नेपाल फर्कने बताएका थिए। तर त्यसपछि एकाएक सम्पर्कविहीन भएका थिए। घटना बाहिरिँदा नेपालबाहिर थिए।

उनले आफूविरुद्ध जाहेरी परेको भदौ २२ गते थाहा पाएको उल्खेख गरेका छन्। झुटा रुपमा एकपक्षीय रुपमा चरित्रमै आँच आउनेगरी समाचार सम्प्रेषण भएको पनि सन्दीपले आरोप लगाएका छन्।  

https://m.facebook.com/story.php?story_fbid=pfbid0WaGvmaasH7hSoK4VaJav6d3TfUUCoBhoLxTmZogzDvQ4yFXJt9ZiXQ2K5EAb43hyl&id=100044578352910

म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन। यी सबै कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु।’

आफ्नो स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेकाले जति सक्दो चाँडो नेपाल फर्किएर प्रतिवाद गर्ने उनले बताएका छन्। कानुनी लडाइँका लागि आफू तयार भएको उनले बताएका छन्।

संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने, यातनाविरुद्दको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक आफ्नो पनि रहेको उनले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?