पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्यो

-


     जनहित न्युज    
     मंसिर ८ गते २०७९


जापानमा क्रियाशील पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्न सफल भै २ लाख ८० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शनिबार जापानको साइतमा स्थित तोडा स्पोर्ट सेण्टरमा भएको सो प्रतियोगितामा १२ टिमको सहभागिता रहेकोमा वाइल्ड याक्स टिम उपविजेता भै १ लाख ८० हजार नगदसहित मेडल प्रमाणपत्र हात पार्न सफल रहेको क्लबका अध्यक्ष राम गरबुजाले जानकारी दिए ।

जापानमा खेलकूद प्रतियोगिता गराउने मध्यमा फ़रक शैलीलाई अपनाउदै आएको क्लबले बास्केट बल प्रतियोगिताको साथमा नेपाली मौलिक कला र संस्कृतिलाई समेत सो अवसरमा प्रस्तुत गरि प्रवासमा आफनो जातीय पहिचान र नेपाली मौलिक सस्कृतिको संरक्षणमा समेत योगदान पुर्याउदै आएको धारणा अध्यक्ष गरबुजाको रहेको छ ।

विगतका वर्षदेखि गर्दै आएको बास्केट बल प्रतियोगिताले जापानमा रहेका नेपाली खेलाड़ी र खेलप्रेमीहरूको मनोभावनालाई उच्च राख्न योगदान समेत गरेको क्लबको बुझाई छ ।

उक्त प्रतियोगिताको प्रमुख अथिति ज्योतीमान पुन बिशेष अतिथि एनआरएनए एशिया प्यासिफिक उप संयोजक ददिवाल खडका र निरोज पुन रहेका थिए भने एनी अतिथिहरूमा जापान व्यबसायी संघ जापानको अध्यक्ष विजय थकाली, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, पश्चिमान्चल भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङ रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?