क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा बेल्जियम बाहिरियो

-


     जनहित न्युज    
     मंसिर १६ गते २०७९


क्रोएसिया समूह ‘एफ’ को उपविजेता बन्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, क्रोएसियासँग बराबरी खेलेपनि बेल्जियम भने विश्वकप फुटबलबाट बाहिरिएको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा क्रोएसियाले बेल्जियमसँग गोलरहित बराबरी खेल्दै विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो । पहिलो हाफमा तुलनात्मक रुपमा क्रोएसियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न सकेन । खेलको दोस्रो हाफमा बेल्जियमले गोल गर्ने राम्रो अवसरहरूखेर फाल्दा बराबरीमा रोकिएको हो ।

मोरोक्को समूह विजेता बन्दा क्रोएसिया उपविजेता बनेको हो । मोरोक्कोले तीन खेलबाट सात अंक बनायो । यता, दोस्रो स्थानमा रहेको क्रोएसियाले तीन खेलबाट पाँच अंक बनाउँदै उपविजेता बनेको हो । विश्वकपबाट बाहिरिएको बेल्जियमले तीन खेलबाट चार अंक बनाउँदा क्यानडा भने अंक विहीन हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?