नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

-


     दिनेश थापा    
     मंसिर ६ गते २०७९


टोकियो, नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

जापानको राजधानी टोकियोमा मंगलवार सम्पन्न अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक नविन गुरुङले जानकारी दिएका छन् ।

त्यसै गरी उपाध्यक्षमा भिक्टर ठाडा मगर, दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिबमा प्रकाश चन्द्र जोसी, सह सचिबमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सह कोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।भने सदस्यमा मनोज केसी, राजेश थापा मगर, दिनेश थापा, देव माईला(शर्मा), सविना छन्त्याल निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तथा नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

निर्वाचित अध्यक्ष बुद्ध बस्नेतले अबको २०२२-२०२४ कार्यकाल संघलाई नमुना योग्य बनाउने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित कार्यसमितिलाई पश्चिमाञ्चल भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशन समारोहमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद जापानका उपाध्यक्ष अनिल थापा, गलकोट समाज जापानकी अध्यक्ष कालीका थापा, गल्कोट स्पोर्ट्स क्लव टोकियोका अध्यक्ष डिलाराम निउरे, पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछाने, गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष राजु बस्नेत लगायतले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । अधिवेशनको बन्द सत्रमा महासचिव भिक्टर ठाडा मगरद्वारा संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बसन्त थापाद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

निवर्तमान अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य प्रकाश चन्द्र जोशीको स्वागत र रामकृष्ण बम मल्लले कार्यक्रम संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?