पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

-


     जनहित न्युज    
     मंसिर १५ गते २०७९


काठमाडौं । विश्वकप फुटबलको समूह सी बाट अर्जेन्टिना र पोल्यण्ड अन्तिम १६ मा प्रवेश गरेका छन् । आज भएको खेलमा पोल्याण्ड अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

एक्कै समयमा भएको अर्को खेलमा साउदी अरेवियालाई मेक्सिकोले २–१ गोलले पराजित गरेको थियो । अकं तालिकामा पोल्याण्ड र मेक्सिकोको समान ४–४ अंक भएपनि गोल अन्तरका आधारमा पोल्याड अघिल्लो चरण प्रवेश गरेको हो ।

अर्जेन्टिना भने समूक विजेता बन्दै ६ अंक बटुलेर अन्तिम १६ प्रवेश गर्यो भने साउदी अरेविया र मेक्सिको समूह चरणबाटै घर फर्किएका छन् ।  पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा खेल गोलरहित रहेको थियो । सेचेज्नीले आफ्नो बायाँतर्फ डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो ।  

दोस्रो हाफको सुरुवातमै अर्जेन्टिना गोल फर्काएपछि अर्जेन्टिनालाई दबाब रहेन । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले ४७ औं मिनेटमा गोल गरे ।  ६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।  यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४(४ अंक जोडे । तर पोल्यान्ड ९०० को गोलअन्तर मेक्सिको ९(१० भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?