ब्राजिल विश्वकप फुटबलको प्रिक्वार्टर फाइनलमा प्रवेश

-


     जनहित न्युज    
     मंसिर १३ गते २०७९


ब्राजिल विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘जी’ मा रहेको ब्राजिलले लगातार दुई खेलमा जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेसँगै अन्तिम १६ मा स्थान बनएको हो ।

कतारको स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिलले संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । ब्राजिलको जितमा कासिमिरोले गोल गरे ।

खेलको ६६औँ मिनेटमा भिनिसियसले गोल गरे । तर उनले गरेको गोलले मान्यता पाएन । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले अफसाइड गोलको संकेत दिएको थियो । योसँगै ब्राजिलले अग्रता बनाउनबाट असफल भयो । खेलको ८३औँ मिनेटमा भने कासिमिरोले गोल गर्दै ब्राजिललाई १–० गोलको जित दिलाए ।

यसअघि ब्राजिलले पहिलो खेलमा सर्वियालाई २–० गोलले पराजित गरेको थियो । यो जितसँगै ब्राजिलले दुई खेलबाट ६ अंक बनाएको छ । यता पराजित स्वीट्जरल्यान्डको पनि विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?