कतारमा जारी फिफा विश्वकप-२०२२ मा घाना विजयी

-


     जनहित न्युज    
     मंसिर १२ गते २०७९


एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ मा घाना विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा दक्षिण कोरियालाई ३-२ गोलले पराजीत गर्दै घानाले जारी विश्वकपमा पहिलो जीत निकालेको हो ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घानालाई जीत दिलाउन मोहम्मद कुडुसले दुई गोल गर्दा मोहम्मद सलिसुले एक गोल थपे । कोरियाको लागि गुए-सुंङ चोले दुई गोल गरे । २४ औं मिनेटमा सालिसुले गोल गर्दै घानालाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा जोर्डनको पासमा कुडुसले गोल गर्दै घानाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल बेहोरेको कोरियाले दोस्रो हाफमा पुनरागमन गर्यो । ५८ औं मिनेटमा लीको क्रसमा चोले गोल गर्दै कोरियालाई २-१ गोलको स्थितिमा ल्याए । ६१ औं मिनेटमा किमको क्रसमा चोले व्यक्तिगत दोस्रो गोल गर्दै कोरियालाई २-२ गोलको बराबरीमा ल्याए । सात मिनेटपछि विलियम्सको पासमा कुडुसले व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई फेरी खेलमा अगाडि बढाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा घाना ३-२ गोलले विजयी भयो । जीतसँगै समूह ‘जी’मा रहेको घाना दुई खेलबाट ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको कोरिया समूहको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?