विश्वकप २०२२ः अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

-


     जनहित न्युज    
     पौष ४ गते २०७९


Argentina's Lionel Messi lifts the trophy after winning the World Cup final soccer match between Argentina and France at the Lusail Stadium in Lusail, Qatar, Sunday, Dec. 18, 2022. Argentina won 4-2 in a penalty shootout after the match ended tied 3-3. (AP Photo/Martin Meissner)

अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको १०८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाए । योसँगै थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टीतर्फ धकेलिएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै तेस्रो पटक विश्वकप फुटबलको उपाधि जितको छ ।

फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेलको ८०औँ र ८१औँ मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेका थिए । दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले जोगाउन नसक्दा फ्रान्ससँग बराबरी खेलेको हो ।

खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा पुर्याए । त्यसको एक मिनेटपछि अर्थात खेलको ८१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ को बराबरी दिलाएका थिए । 

खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । कतारको लुजेल रंगशालामा खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।

यसअघि सन् १९७८ र १९८६ मा गरी अर्जेन्टिनाले दुई पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । अर्जेन्टिनाले तेस्रो पटक विश्वकप फुटबलको उपाधि ३६ वर्षपछि जितेको हो ।

विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बने एम्बाप्पे

किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले विश्वकपको फाइनलमा आफ्नो गोल संख्या चार पुर्‍याएका हुन् ।

यसअघि सन् २०१८ को फाइनलमा गोल गरेका एम्बाप्पेले आजको खेलमा ८० औँ, ८१ औँ र ११८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

विश्वविजेता अर्जेन्टिनाले पाउनेछ ४ करोड २० लाख अमेरिकी डलर

विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । 

उपविजेतामा खुम्चिएको फ्रान्सले तीन करोड डलर पुरस्कार पाउनेछ । सन् २०१८ मा विजेता बनेको फ्रान्सले तीन करोड ८०  लाख अमेरिकी डलर पुरस्कार रकम पाएको थियो ।

विश्व फुटबल महासंघ फिफाका अनुसार यो विश्वकपमा सहभागी हरेक फुटबल टोलीले ९० लाख डलर पाउनेछन् । त्यसबाहेक प्रतियोगिता तयारीका लागि सबै टोलीले १५ लाख डलर पाएका थिए । 

यो विश्वकपमा तेस्रो भएको क्रोएसियाले दुई करोड ७० लाख पुरस्कार रकम पाएको छ भने क्रोएसियासँग हारेको मोरक्कोले पनि दुई करोड ५० लाख डलर पाएको छ ।  

गत वर्ष फिफाले साढे सात अर्ब डलर आम्दानी गरेको थियो । फिफाले प्रत्यक्ष प्रसारण, प्रायोजन, टिकेट र आतिथ्य बिक्रीबाट आम्दानी गर्ने गर्छ।

एम्बाप्पेले जिते गोल्डेन बुट

फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले कतार विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका छन्। विश्वकपको व्यक्तिगत विधामा अर्जेन्टिना कै वर्चश्व हुँदा एम्बापेले मात्र गोल्डेन बल जितेका हुन्। 

साविक उपविजेता फ्रान्स कतार विश्वकपमा अजेन्टिनासँग टाइब्रेकरमा पराजित हुँदै उपविजेतामा सीमित बनेको हो। 

फाइनल खेलमा ह्याट्रिक गरेका एम्बापेले विश्वकप २०२२ मा ७ खेल खेलेका उनले ८ गोल गर्दै सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट अवार्ड जितेका हुन्। विश्वकपमा उनले २ असिस्ट पनि गरे। 

सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लियोनल मेस्सी रहे। मेस्सीले ७ खेलमा ७ गोल गर्दा ३ असिस्ट दिएका छन्। 

सन् २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका एम्बापेले ६६ खेलमा ३६ गोल गरेका छन्। 

उत्कृष्ट खेलाडी बन्दै मेस्सीले जिते गोल्डेन बलको अवार्ड

कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।

उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्यो । भने उक्त जितको नायक मेस्सी बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर तेस्रो पटक उपाधि जितेको हो । मेस्सीले यो विश्वकप नै आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?