३ लाख ३० हजार नगद पुरस्कारसहित गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

-


     जनहित न्युज    
     फागुन ७ गते २०७९


गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२३ गर्ने भएको छ ।

“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर  स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १० तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि क्लवले विगत देखि नै निरन्तर रूपमा प्रतियोगिता संचालन गर्दै आएको छ।

प्रतियोगिता संचालनका लागि मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यक्रम मुल आयोजक समितिको  संयोजकको जिम्मेवारी कार्यसमितिका अध्यक्ष डिलाराम निउरेलाई प्रदान गरेको छ। त्यसै गरि कोषाध्यक्ष रमेश कुमार खत्रीलाई आर्थिक संयोजक, खेल संयोजक गणेश खत्रीलाई खेल सामाग्री तथा खेलाडी ब्यबस्थापन संयोजक,प्रचार प्रसार संयोजकमा महासचिव हिमाल कडेल, स्वयंसेवक तथा अतिथि ब्यवस्थापन संयोजकमा उपाध्यक्ष प्रकाश निउरे र हल व्यवस्थापनमा वरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर खत्रीलाई जिम्मेवारी प्रदान गरिएको सचिव दिनेश थापाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख २९ हजार ९ सय  ९९ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २९ हजार ९ सय  ९९ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र  प्रदान गरिने बताईएको छ ।

यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर,  बेष्ट लिफ्टर र  बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।

प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको कामाता स्पोर्ट्स सेन्टरमा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?