गल्कोट स्पोर्टस क्लब टोकियो जापानद्वारा प्रकाशित स्मारिका विमोचन

-


     जनहित न्युज    
     पौष २२ गते २०७९


गल्कोट स्पोर्टस क्लब टोकियो जापानद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर क्लबको दस्ताबेजको रूपमा क्लबका बिभिन्न गतिविधि र गल्कोटको इतिहास,परम्परा,संस्कृतिको बारेमा जानकारी समेटेर तयार पारेको “गल्कोट”नामक स्मारिका सोमबार जापानका लागि नेपालका राजदुत डा दुर्गाबहादुर सुवेदीद्वारा विमोचन गरिएको हो ।
गलकोट समाज जापानले आयोजना गरेको “साँगितीक धमाका २०२३” कार्यक्रमको टोकियोको उद्घाटन समारोहमा सार्वजनिक स्मारिकामा गलकोटको सामाजिक, सास्कृतिक, शैक्षिक, आर्थिक, खेलकुद लगायतका विविध पक्षलाई समेटेर एक ऐतिहासिक दस्तावेजको रूपमा प्रस्तुत गर्ने जमर्को क्लबले गरेको अध्यक्ष डिलाराम निउरेले बताए ।
गलकोटबाट विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका लागि
जापान आएका खेलाडीहरूलाई खेलप्रति सक्रिय र क्रियाशील बनाई राख्नको लागि र विशेषत नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण, संवर्द्धन, र विकासमा योगदान दिने उद्देश्यले स्थापित क्लबले सामाजिक उत्तरदायित्वका लागि पनि स्मारिका प्रकाशित गरिएको महासचिव हिमाल कंडेलले जानकारी दिए ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल मान्यताका साथ स्थापित गल्कोट स्पोर्टस् क्लबद्वारा प्रकाशित स्मारिकामा कला साहित्य जापानमा नेपालीहरूको सन्दर्भलाई पनि स्मारिकामा समेट्ने प्रयास गरिएको छ।

क्लबले नेपालबाट जापान आमन्त्रित कलाकार प्रकाश सपुत,श्रीकृष्ण बम मल्ल, ईश्वर सिंह, रचना रिमाल र प्रभु बैङ्कका वरिष्ठ प्रबन्धक चन्द्र बहादुर खत्रीलाई नेपाल राष्ट्रमा खेलकूदको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा विकासका साथै कला,संगीत र अर्थव्यवस्थाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एक कार्यक्रमका बिच सम्मान समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?